समय : ०६:४२ am | शुक्रबार , चैत्र ८ गते २०८१

दाङमा एक लाख बढी नगद सहित १० जना जुवाडे पक्राउ

स्वर्गद्वारी अपडेट | कार्तिक १८ गते २०८१

दाङ।दाङमा जुवा खालबाट एक लाख ३३ हजार रुपैयाँ नगदसहित १० जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१७ वनकट्टाका देवबहादुर वलीको घरमा कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा पारेको थियो ।

पक्राउ पर्नेमा तुलसीपुर–१७ बनकट्टा बस्ने ५७ वर्षीय भीम वली, सोही ठाउँकै ४९ वर्षीय लुमा सिंह बस्नेत, ३२ वर्षीय नरबहादुर चौधरी, ५८ वर्षीय केशरबहादुर वली, ३६ वर्षीय शरद वली छन् ।

त्यस्तै, ३८ वर्षीय सुशिल वली, ४१ वर्षीय रेखबहादुर वली, ४९ वर्षीय मदन वली, ५१ वर्षीय देवबहादुर वली (घर धनी), घोराही–९, अस्पराका ४९ वर्षीय बालाराम भट्टराई नियन्त्रणमा रहेको रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा डिएसपी ईश्वर थापाले जानकारी दिए ।

प्रहरीले नगदसहित जुवा खेल्न भूइँमा ओछ्याएको निलो बुट्टेदार गलैंचा एक थान र कौडा १७ थान बरामद गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्