समय : ०२:३७ pm | सोमबार , जेठ ५ गते २०८२

प्युठानका बालिका बलात्कार मुद्धामा पक्राउ परेका प्रहरीले हिरासतमै आत्महत्या गरे

स्वर्गद्वारी अपडेट | कार्तिक १२ गते २०८१

प्युठान।दाङको भालुवाङमा बालिका बलात्कार गरेको  आरोपमा पक्राउ परेका शसस्त्र प्रहरी जवान रेवन पचभैयामगरले प्रहरीको  हिरासत कक्ष मै आत्माहत्या गरेका छन्। गत असोज २४ गते दाङको भालुवाङमा बालिका बलात्कार आरोप लागेका सशस्त्र प्रहरी जवान पचभैया मगरले आज बिहान वडा प्रहरी कार्यालय घोराहीको  हिरासत कक्षको  शौचालयमा आत्महत्या गरेका हुन् ।

प्यूठानको  बडडाँडा घर रहेका सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेटक्वाटर भालुवाङमा कार्यरत सशस्त्र प्रहरी जवान पचभैया मगरले प्रहरी हिरासत कक्षको  शौचालयमा आफूले लगाएको गन्जी र टिसर्टको पासो लगाएर झुन्डिएर आत्माहत्या गरेको  जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी इश्वर थापाले जानकारी दिए।उनले आज बिहान करिब ५ बजे झुण्डिएको  अवस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । आरोपित पचभैया सहित अर्काले  एक जनालाई पनि केही दिन अघि प्रहरीले पक्राउ गरी दाङ-देउखुरी जिल्ला अदालतमा सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको  थियो।

यो पनि पढ्नुहोस्