दाङ।दाङमा ब्रेक फेल हुँदा ट्रक दुर्घटनामा परेको छ।
छड बोकेर लमहीबाट घोराही जाँदै गरेको ना ६ ख १६५३ नम्बरको ट्रक घोराही उपमहानगरपालिका-३ चौपट्टामा ब्रेक फेल हुदा भएको दुर्घटनामा परी शिवराज नगरपालिका ५ कपिलवस्तु निवासी चालक हरिबहादुर खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।घाइते चालकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।