समय : ०९:४० am | शनिबार , श्रावण १२ गते २०८१

आगलागी न्युनिकरणमा डिभिजन वनको भुमिका महत्वपूर्ण –प्रजिअ अर्याल   

राधिका भुषाल | वैशाख ११ गते २०८१

प्युठान।प्युठानमा यसरी फैलिएका आगलागी न्युनिकरणमा डिभिजन बन कार्यालयसंग सम्बन्धित रहेका सबै कार्यालयको भुमिका महत्वपूर्ण रहने गर्दछ । प्यूठानमा आगलागीका घटना सुरु हुनुभन्दा अगावै प्रमुख जिल्ला अधिकारी नाराणय प्रसाद अर्यालको अध्यक्षमा २०८० चैत्र २५ गते बैठक बसी आगलागी न्युनिकरण सम्बन्धि थुपै्र निर्णयहरु गरेका थिए। डिभिजन बन कार्यालय प्यूठानले जिल्ला भित्रका सामुदायीक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ प्यूठान, स्थानिय महासंघहरु, सामुदायीक वन उपभोक्ता समुहहरु, सव–डिभिजन कार्यालय, स्थानिय तहहरुसंग समन्वय गरी डडेलोको कारण र भविष्यमा यस्ता घटना हुन नदिन प्रकाभकारी उपाय पहिचान गरि कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने निर्णय समेत गरेका छ ।

दैनिक यसरी बनजंगल तथा बस्तीहरुमा हुने आगलागीका घटना न्युनिकरण गर्नका लागि उक्त बैठकले ६ वटा निर्णय गरी तत्काल कार्यान्वयनमा खटिनका लागि सबै निकायलाई निर्देशन समेत दिएको प्रजिअ अर्यालले बताए । घरदैलो अभियान सञ्चालन गर्ने, अग्नी रेखा बनाउने, जंगलमा जम्मा भएका सोत्तरपात सफा गर्ने, आगलागी न्युनिकरण सम्बन्धि सनेतना मुलुक सन्देश प्रवाह गर्ने लगायतका कार्यहरु गरिने प्रजिअ अर्यालले बताए ।

नियन्त्रणका लागि  संयन्त्र परिचालन

एकै पटक जिल्लाका विभिन्न ठाउँमा आगलागी हुंदा नियन्त्रणका लागि अलि कठिन भएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद आर्यालले बताए । ‘प्यूठानमा गर्नु पर्ने काम धेरै रहेछ ।’ प्रजिअ अर्यालले भने–‘दुइ वटा मात्रै दमकल रहेछन् एउटा विग्रिएको अवस्थामा रहेछ त्यसलाई तुरुन्तै मर्मत गरि परिचालन गरिने छ ।’ प्यूठान नगरपालिकाले नेपाली सेनालाई हस्तान्त्रण गरेको दमकलमा केही समस्या भएकोले मर्मत भइरहेको बताए । सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना सबैलाई परिचालन गरेको बताउदैं जनप्रतिनिधि स्थानियवासी, नेपाल रेडक्रस, बन डिभिजन, सव–डिभिजन लगायत सम्पूर्ण तर्फका जनशक्ति आगलानी नियन्त्रणमा खटिएको प्रजिअ अर्यालले जानकारी दिए । प्यूठानमा विजुली बत्तिको पनि समस्या रहेकोले विपत्तको समयमा सम्बन्धित ठाउँमा  यसरी  विजुली लाइन काटिन राम्रो नभएको भन्दै विद्युत प्राधिकरणलाई निर्देशन दिएको समेत उनले बताए ।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page