समय : ०२:४५ pm | आइतबार , असार ७ गते २०८३

लगातार शून्य बेरुजु रहेका प्युठानका दुई पालिकामा बेरुजुको चाङ

लव कुमार अधिकारी | असार ७ गते २०८३

प्युठान।विगत केही वर्षदेखि लगातार बेरुजु शून्य कायम गर्न सफल प्युठानका दुई पालिकामा १ करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ।

महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/०८२ मा मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिका मा कुल १ करोड २५ लाख ८३ हजार रुपैयाँ बेरुजु देखिएको छ।प्रतिवेदन अनुसार मल्लरानी गाउँपालिका मा १ करोड ४ लाख ४६ हजार रुपैयाँ तथा सरुमारानी गाउँपालिका मा २१ लाख ३७ हजार रुपैयाँ बेरुजु कायम भएको छ।

यी दुवै गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७, २०७७/०७८ र २०७८/०७९ मा बेरुजु शून्य कायम गरेर उदाहरणीय वित्तीय अनुशासन प्रस्तुत गरेका थिए।

लगातार शून्य बेरुजु कायम राख्न सफल भएका पालिकामा पुनः बेरुजु देखिनुले स्थानीय तहको आर्थिक व्यवस्थापन र खर्च प्रक्रियाप्रति प्रश्न उठाएको छ।

यो पनि पढ्नुहोस्