समय : ११:३९ pm | मङ्गलबार , असार २ गते २०८३

प्युठानमा १८ थान भरुवा बन्दुक फेला

स्वर्गद्वारी अपडेट | असार २ गते २०८३

प्युठान।प्युठानका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले १८ थान भरुवा बन्दुक बरामद गरेको छ।

जिल्लाको नौबहिनी गाउँपालिका–७ पातालाचौर पोखरा क्षेत्रको ठुलो खोल्सानजिक लुकाएर राखिएको अवस्थामा २ थान भरुवा बन्दुक फेला परेको हो।प्रहरी चौकी फोप्लीबाट खटिएको प्रहरी टोलीले उक्त बन्दुक बरामद गरेको जनाएको छ।

त्यसैगरी, सरुमारानी गाउँपालिका–३ हंसपुरस्थित खडक सामुदायिक वन क्षेत्रमा बेवारिसे अवस्थामा रहेका १६ थान भरुवा बन्दुक फेला परेका छन्।तीमध्ये १० थान साबुत र ६ थान बेसाबुत अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

अस्थायी प्रहरी बिट बड्डाडाबाट खटिएको प्रहरी टोलीले वन क्षेत्रमा खोजतलास गर्ने क्रममा उक्त बन्दुकहरू बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी हरि भट्टराईले वन क्षेत्रमा बेवारिसे अवस्थामा रहेका भरुवा बन्दुकहरू बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

यो पनि पढ्नुहोस्