दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका- १३ बखरियास्थित तुलसीपुर-अमलिया सडक खण्डमा यात्रुवाहक बस र विद्यालयको बस एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
आज बिहान करिब ११ बजेको समयमा गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ४००९ नम्बरको यात्रुवाहक बस र तुलसीपुरबाट बखरिया गई विद्यार्थी छोडी फर्किंदै गरेको रा १ क ८७० नम्बरको विद्यालय बस एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको थियो ।
उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।मृत्यु हुनेमा दंगीशरण- २ बस्ने करिब ४२ वर्षीया शान्ता खड्का चौधरी र सोही पालिका- ४ बस्ने ६० वर्षीय नारायण भण्डारी रहेका छन् । दुर्घटनामा परी २५ जना घाइते भएका छन्।
घाईतेको विवरण
दंगीशरण गाउँपालिका–२ निवासी २५ वर्षकी मनिषा बस्नेत, सोही ठाउँ निवासी ५२ वर्षकी गोमा सार्की, वर्ष ६० की मोति सरा सुनार, ३४ वर्षकी सिता पुन, ३२ वर्षकी सिमा पुन, २७ का कमला नेपाली, उनका छोरा वर्ष ८ को शंकर नेपाली, ९ वर्षका सुशान्त नेपाली, वर्षका ४१ नोखीराम बिक, ४८ वर्षका कुशल बिक, ३२ वर्षकी ललिता सुनार, ४८ वर्षकी कमला नेपाली, ४६ वर्षका अमृत कुशारी, ४५ वर्षका पार्वती नेपाली, १२ वर्षका राजेश विक, १० वर्षका प्रज्वल परियार, ४४ वर्षकी भिमा वली, ४३ वर्षकी लक्ष्मी नेपाली, १० वर्षकी मन्दिका नेपाली, १५ वर्षकी यशोदा बस्नेत, ५४ वर्षका चुडामणी बिक, ३३ वर्षका रोशन विक,
४१ वर्षकी बालिका वली, २४ वर्षका घनश्याम बस्नेत, ४१ वर्षका सुर्य नेपाली, ४८ वर्षका ठाकुर प्रसाद गिरी, २३ वर्षकी सिता कुशारी, २२ वर्षकी सिता कुशारी, ४ वर्षका प्रिन्स कुशारी, ४३ वर्षका लक्ष्मी नेपाली, २३ वर्षका अनन्त किरण शर्मा, सल्यानको कपुरकोट गाउँपालिका–५ रिम घर भइ हाल दंगीशरण दिदीको घरमा गएका १९ वर्षकी टिका घर्ती र नामथर नखुलेका ३१ वर्षकी महिला घाइते भएको प्रहरीले बताएको छ ।