समय : ०३:५९ am | सोमबार , वैशाख ७ गते २०८२

स्वर्गद्वारीमा अटो दुर्घटनाः तिन जना घाईते

सन्तोष सुनार | चैत्र ८ गते २०८१

प्यूठान।जिल्लाको स्वर्गद्वारी नगरपालिका- ४ कोलबाङमा अटो दुर्घटना हुँदा तिन जना घाईते भएका छन ।

शुक्रबार  स्वर्गद्वारी मन्दिर दर्शन गरेर  फर्किने क्रममा  लु ०२–००१ ह ०६८१ नम्बरको अटो कोलबाङमा अयन्त्रित भई पल्टीएको हो।उक्त अटोमा सवार तिन जना मध्ये २ जनाको अवस्था सामान्य रहेको  ईलाका प्रहरी कार्यालय भिंग्रीका प्रहरी सहायक निरिक्षक बलमान राना क्षेत्रीले जानकारी दिए।घाईते हुनेमा रोल्पाको सुनिल स्मृति गाउपालिका ४ छिर्नेका  अन्दाजी वर्ष २६ कि  निशा बुढा मगर , वर्ष  १९ कि  नम्रता रोकाय  र  वर्ष  २१ कि बसु विष्ट रहेको  प्रहरी सहायक निरिक्षक राना क्षेत्रिले बताए ।  

निशा बुढा मगरको टाउकोमा र पेटमा चोटपटक लागेको हुँदा उनलाई  बुटवल अस्पतालमा रिफर गरिएको छ।बाँकी दुईजना सामान्य रहेको हुँदा भिगृ प्रथामिक स्वास्थ्य चौकीबाट उपचार पश्चात  डिस्चार्ज गरिएको  ईलाका  प्रहरी कार्यालय भिंग्रीले जनाएको छ ।  
अटो र चालक प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटना आज  दिउसोँ ४:३० बजे घटेको हो। 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्