प्युठान।माण्डवी गाउँपालिकाको केन्द्र रहेको ‘जस्पुर बजार’ क्षेत्रको सडक विस्तार गर्न थालिएको छ।जस्पुर बजारलाई अझै व्यवस्थित गर्ने उदेश्यले सडक चौडा गर्न लागिएको हो।
जस्पुर बजारलाई व्यवस्थित बनाउन सडक डिभिजन कार्यालय प्युठानले ३३ लाख रुपैयाँ बजेट व्यवस्थापन गरिएको सडक डिभिजन कार्यालयका सुचना अधिकारी कमल पुनले बताए।जस्पुर बजार र देबिस्थानमा गरि नाली र पर्खाल निर्माणको लागि उक्त बजेट व्यस्थापन गरेको सुचना अधिकारी पुनले जानकारी दिए।
बजार क्षेत्रमा रहेको मुख्य सडकको दायाँबायाँ नाली सहित आठ/आठ मिटरको सडक चौडा गर्न थालिएको माण्डवी गाउँपालिका वडा -३ का वडाध्यक्ष धनेन्द्र कार्कीले बताए। ‘निर्माण सम्पन्न भईसकेपछी बजारको सौन्दर्य झनै फरक हुन्छ।’ उनले भने, ‘बजार क्षेत्रमा दाँया बाँया १०/१० मिटरको फुटपाथ सहित निर्माण गर्ने सोचेका थियौ।’ थप्दै उनि भन्छन् तर सडक चौडा हुँदा घर नै जाने भएपछी ८/८ मिटर कायम गरिएको हो।’ बजारमा पिउने पानिको समस्या भए संगै चालु आर्थिक वर्षमा वडा कार्यालयबाट १५ लाख रुपैंयाँको बजेट टेन्डर प्रक्रिया गएको समेत उनले बताए।
जस्पुर बजारमा सडक बत्ती, सिसिटिभी र २ वटा सार्वजनिक शौचालय निर्माण भईसकेको छ।
