समय : ११:४० am | आइतबार , चैत्र ३ गते २०८१

दुवै मृगौला फेला भएका राजकुमारको उपचारका लागि आर्थिक अभाव

स्वर्गद्वारी अपडेट | फागुन २२ गते २०८१

प्युठान । प्युठान नगरपालिका ४ गाजुरी निवासी राज कुमार नेपालिको दुवै मृगौला फेल भएपछी उपचारको लागि आर्थिक अभाव भएको छ। 

३२ वर्षे नेपालि २०७९ माघ १ गते दाङमा रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा दुवै मृगौला चेकजाँच गरेका थिए। चेकजाँच क्रममा दुवै मृगौला  फेला भएको भेटिएपछी उपचार लागि डायलासिस गर्दै आएको उनको श्रीमती सुमित्रा नेपालीले बताईन ।   

लामो समयसम्म दाङको  राप्ति प्रतिष्ठानमा उपचार गरि थप उपचारका लागि भारतको दिल्ली सम्म लगेको उनले बताईन।  ‘उहाँको उपचारको लागि मैले बिजुवारमा संचालन गर्दै आएको पार्लर व्यवसाय पनि बिक्री गरे’ उनले भनिन, ‘हाल सम्म ६० लाख भन्दा बढी खर्च भैसक्यो। ’ जग्गा धितो राखेर,सुन बेचेर, आगन्तको सहयोगले अहिलेसम्म उपचार खर्च जुटाएको उनले बताइन।अब थप उपचार गर्नको लागि निकै आर्थिक अभाव भएको हुँदा आफ्नो श्रीमानलाई बचाउन सबैसँग सहयोगको अपिल समेत गरेकी छिन ।   

हाल भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपणमा उपचार गरिरहेका छन्। उनका २ वर्षका छोरा र ५ वर्षकी छोरी छिन ।        

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्