समय : ०१:१६ pm | आइतबार , चैत्र ३ गते २०८१

ऐरावतीका युवालाई क्षमता बिकास तालिम

स्वर्गद्वारी अपडेट | फागुन १७ गते २०८१

प्युठान।ऐरावतीका युवाहरुलाई क्षमता अभिवृद्धि तालिम दिइएको छ।ऐरावती गाउँपालिका स्थानीय युवा परिषद्को आयोजनामा ६ वटै वडाका युवाहरुलाई उत्त तालिम दिएको हो।

फागुन १५ देखी १७ गते सम्म संचालन भएको युवा परिषद्का पदाधिकारी तथा युवाहरुको लागि क्षमता विकास तालिममा २६ जना युवायुवतीहरु सहभागीता रहेको थियो।   

तालिममा जीवन युवा र मार्ग दर्शन,युवा व्यक्तित्व विकास,युवा जीवनको लक्ष्य निर्धारण र सफलता,स्थानीय युवा परिषद् सदस्यको काम कर्त्तव्य र अधिकार,सम्बन्ध निर्माण लगाएतका बिषयमा प्रशिक्षक सरोज खनालले प्रशिक्षण दिएका हुन्।उनले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म युवाको अर्थपूर्ण  सहभागिता सुनिश्चित गर्न स्थानीय सरकारलाई सुझाव समेत दिएका थिए।

तीनदिनसम्म चलेको तालिममा जुनसुकै पार्टीको,विचारको भए पनि युवा भनेको सबैको साझा भएको ऐरावती गाउँपालिका स्थानीय युवा परिषद्का कार्यकारी उपाध्यक्ष दुर्गा सुनारले बताईन।‘युवाले वोक्ने एजेण्डा सिंगो देशसंग जोडिएको हुनुपर्छ।’ उनले भनिन, ‘सीमित स्वार्थ पाल्ने  व्यक्तिले युवालाई एजेण्डा बनायो भने त्यसले नाफा र घाटामा हिसाव गर्न थाल्छ,उसले युवा शब्दमा व्यापार सुरु गर्ने समेत उनले जिकिर गरिन।’युवाहरुलाई आफ्नै देशभित्र सकारात्मक आशा र ऊर्जा बढाउन ७५३ वटै पालिकामा युवामैत्री हुनुपर्ने समेत बताईन। 

तालिमको समापनमा बिशेष अतिथिका रुपमा बोल्दै ऐरावती गाउँपालिका वार्ड २ का वडाध्यक्ष भिमेस घर्ती मगरले युवालाई सिर्जनशील,सीपयुक्त,उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सिर्जना गर्नुपर्ने बताएका थिए। 

सरकारले के दियो भनेर बिलौना गर्नुभन्दा पनि हामीसंग रहेको क्षमताले उपलब्धिको उपयोग गर्न के प्रयत्न गरिए,सबै युवाले सोच्नैपर्ने बेला आएको ऐरावती गाउँपालिका वार्ड १ का वडाध्यक्ष अमर रेश्मी मगरको भनाई छ।

युवालाई सिर्जनशील,सीपयुक्त,उद्यमी र जिम्मेवार नागरिकका रुपमा विकसित हुने अवसर राज्यले प्रदान गर्नुपर्ने वडाध्यक्ष मगरले बताए।तालिमको संयोजन स्काईल्याण्ड मल्टिमिडिया प्रा.ली प्युठानले गरेको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्