प्युठान। मगर दिवसका अवसरमा फागुन १५ गते प्युठानका चार स्थानीय तहले सार्वजनिक बिदा दिने भएको छ।दुई नगरपालिका सहित ७ गाउँपालिका रहेको प्युठानमा चार वटा स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन्।
जिल्लाको मल्लरानी, गौमुखी, ऐरावती र सरुमारानी गाउँपालिकाले सार्वजनिक बिदा दिएको जनाएका छन्।फागुन ११ गते बसेको कार्यपालिका बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले बताए। उक्त दिन गाउँपालिकासहित वडा कार्यालयहरु, स्वास्थ्य संस्था, शिक्षण संस्थालगायत सङ्घ संस्थाहरु बन्द रहने गाउँपालिकाले जनाएको छ।
विभिन्न जातजातीहरुको मौलिकता, संस्कृतिलाई संरक्षण गर्नु पालिकाको दायित्व भएको स्थानीय तहहरुले जनाएका छन् । प्रदेश सरकारले निर्माण कानून अनुसार वर्षमा एक दिन मात्र बिदा दिन सक्ने भएकाले यसलाई आफूहरुले कार्यन्वयन गरेको बताएका छन्।