समय : ०२:४५ pm | सोमबार , माघ २८ गते २०८१

नौबहिनीका कर्मचारी ‘राष्ट्रिय गान’ पछि कार्यकक्षमा प्रवेश

राधिका भुषाल | माघ ८ गते २०८१

प्यूठान । विद्यालयहरुमा विद्यार्थीले राष्ट्रिय गान गाएर मात्र कक्षा कोठामा प्रवेश गरे जसरी नै नौबहिनी गाउँपालिका प्यूठानका कर्मचारीले राष्ट्रिय गान गाएर मात्र कार्यकक्षमा प्रवेश गर्ने गरेका छन् ।
राष्ट्रिय गान पछि कार्यकक्षमा प्रवेश गर्दा कर्मचारीहरुमा एकआपसमा सामिप्यता बढ्नुका साथै अनुसाशीत बनाउने नौबहिनी गाउँपालिका प्यूठानका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडलले बताए । कर्मचारीलाई समयको उचित पालन गर्न, राष्ट्रियताको भावना जगाएर काम, कर्तव्य र अधिकार प्रति जावफदेवी तथा कर्तव्यनिष्ठ बनाउने उदेश्यले राष्ट्रिय गान पछि मात्र कार्यकक्षमा प्रवेश गर्ने गरेको उनले बताए ।

राष्ट्रिय गान पश्चात कर्मचारीहरुमा सकारात्मक उर्जा बढ्ने र शान्त दिमाग लिएर आ–आफ्नो कार्यकक्षमा प्रवेश गर्ने गरेको उनको भनाइ छ । सबै शाखाको सामान्य कामको विषयमा छलफल पनि हुने हुंदा पटक–पटक भेटघाट समेत गर्न नपर्ने उनले बताए।यहि पुष ७ गतेको बसेको कर्मचारी बैठकले निर्णय गरेपछि दैनिक कार्यालय सुरुवात सयममा नौबहिनी गाउँपालिकामा राष्ट्रिय गान गुञ्जिने गर्दछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्