समय : ०६:४५ am | शनिबार , श्रावण १२ गते २०८१

विजय फुलबारीको स्थापना दिवसमा सामाग्री हस्तान्तरण कार्यक्रम

राधिका भुषाल | वैशाख १९ गते २०८१

प्यूठान । विजय फुलबारी बचत तथा ऋण सहकारी संस्था लि.प्यूठानले स्थापना दिवसको अवसर पारी सदस्यलाई खाद्यान्न राहत सामग्री र नेपाल प्रहरीलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ ।


संस्थाका सदस्य एवं प्यूठान नगरपालिका ३ विजयनगर मान्द्रेचौर निवासी दुर्गा दमैको घरमा आगलागी भइ घरगोठ पुण रुपमा क्षति भएको थियो । उनलाई केही खाद्यन्न सामाग्रीहरु चामल, तेल, दाल, आटा, नुन, वेसार लगायतको राहत स्वरुप घरमै पुगी हस्तान्त्रण गरिएकोे संस्थाका व्यवस्थापक प्रकाश वैद्यले बताए । त्यसैगरी सोही अवसरमा जिल्ला प्रहरी कार्यालय प्यूठानमा कार्यरत नेपाल प्रहरीलाई संस्थाको कार्यालयबाट स्वास्थ्य सुरक्षा सामाग्री पञ्जा, सर्जिकल ग्लोब्स, सर्जिकल माक्स सहित रेफ्रीजेरेटर प्रदान गरेको उनले जानकारी दिए । संस्था एकीकरण भएपछिको यो दोस्रो स्थापना दिवस रहेको समेत वैद्यले बताए।


प्यूठान नगरपालिका ३ जुम्री बसपार्कमा केन्द्रिय कार्यालय रहेको विजयफुलवारी सहकारीले जिल्लाका ७ वटा स्थानिय तहहरुका आफ्नो कार्यक्षेत्र विस्तार गरी सेवा प्रदान गर्दै आएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page