समय : ०२:१३ pm | शनिबार , श्रावण १२ गते २०८१

सहकारी बैंकद्धारा क्षमता अभिवृद्धि कार्यक्रम

राधिका भुषाल | वैशाख १८ गते २०८१

प्यूठान । राष्ट्रिय सहकारी बैंक दाङ शाखाले सहकारीका अध्यक्षहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ । होटल आयुष्मा जुम्रिमा सहकारी सदस्य शिक्षा कार्यक्रम अन्तरगत सहकारी बैंकमा आवद्ध भएका संस्थामा अध्यक्षहरुको सहभागीतामा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको हो ।


बैशाख १७ र १८ गते दुइ दिनसम्म सञ्चालन भएको कार्यक्रमको सहकारी क्षेत्रमा अध्यक्षको काम कर्तव्य र अधिकार प्रत्याभुत गराउने उदेश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय सहकारी बैंक दाङ शाखाका प्रमुख डिल्लीराज दाहालले जानकारी दिए । कार्यक्रममा सहकारी मुल्य मान्यता तथा सिद्धान्तहरुको व्यवहारिक प्रयोगको परिक्षण, कार्य योजना तथा बजेट निर्माण, ऋण व्यवस्थापन, वित्तिय साक्षरता, सहकारी ऐन नियमावली, आन्तरिक कार्यविधि तथा सुशासन लगायतका विषयमा प्रशिक्षक एवं राष्ट्रिय सहकारी बैंक ललितपुर शाखाका सचिव अनिलवीर बज्राचार्यले प्रशिक्षण दिएका थिए । यससंगै राष्ट्रिय सहकारी बैंकले सदस्यलाई प्रदान गर्ने सेवा सुविधा समेत प्रष्ट पारेको थियो ।


प्यूठान जिल्ला भित्रका राष्ट्रिय सहकारी बैंकमा आवद्ध भएका ६० वटा सहकारी मध्ये ३५ सहकारीका अध्यक्षहरु सहभागीता रहेको कार्यक्रममा सहकारी भएको राष्ट्रिय सहकारी बैंक दाङ शाखाका प्रमुख एवं कार्यक्रम सहजकर्ता दाहालले जानकारी दिए । देशभर ६८ वटा शाखा विस्तार गरेको राष्ट्रिय सहकारी बैंकले आफ्ना सदस्यहरुलाई सहकारी सदस्य शिक्षा अन्तरगत अध्यक्ष, कोषाध्यक्ष, व्यवस्थापक र लेखा सुपरिवेक्षण समितिका संयोजकहरुलाई विभिन्न विषयमा क्षमता अभिवृद्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएको समेत दाहालले जानकारी दिए । सोही अनुसार प्यूठानमा जिल्लाका सदस्यहरुका लागि यो कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page