समय : ०५:१८ am | आइतबार , भाद्र २२ गते २०८१

सरुमारानीमा उद्यमी र श्रमिक महिला सम्मानीत

स्वर्गद्वारी अपडेट | फागुन २६ गते २०८०

प्युठान। प्युठानको सरुमारानी गाउँपालिकाको आयोजनामा ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बिशेष किसिमले मनाएको छ। गाउँपालिकाले उद्यमी महिलाहरुलाई प्रोत्साहन दिने उदेश्यले सम्मान गरेको पालिकाले जनाएको छ।

‘महिलामा लगानी सभ्य र सम्मुनत समाजको थालनी’ भन्ने राष्ट्रिय नारा कायम गरिएको उक्त कार्यक्रमको अवसरमा गाउँपालिकाले सिलाई कटाई उद्यमी,कृषि व्यवसायी,भैसी पालन,बाख्रा पालन,सरसफाईकर्मी, होटल व्यवसाय, होजियारी उद्यमी,अदुवा बेसार सिन्की उद्यमी, श्रमिक (मजदुरी),र तरकारी खेति व्यवासायीहरु गरि १८ जना उद्यमी महिलाहरुलाई दोसल्ला ओढाएर नगद सहित प्रमाण पत्रले सम्मान गरेको हो।  

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर बिस्वकर्माले महिला दिवस मनाउँदा यसको उपलब्धीतर्फ पनि सबैले मनन गर्नुपर्ने बताए।’उनले भने –' महिलामाथि हुने अत्याचार, विभेदको अन्त्य गर्नका लागि सरोकारवालाहरु एकसाथ अगाडि बढ्न आवश्यक छ।' समानता र सशक्तिकरणका लागि राज्यले लगानी गर्दै राज्यको हरेक तहमा महिलाको अर्थपूर्ण सहभागीता र निर्णयमा महिलालाई अगाडि बढाउने अहिलेको आवश्यकता रहेको अध्यक्ष बिस्वकर्माले बताए।

कार्यक्रममा चार वटा महिला समूह बिच महिला जागरण सम्बन्धी सन्देशमुलक गित र नृत्य समेत प्रतियोगिता भएको थियो ।उक्त प्रतियोगितामा प्रथम,द्वितीय,तृतीय र सान्तवना पुरस्कार प्रदान गरिएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्