समय : ०४:२६ pm | बुधबार , माघ २३ गते २०८१

अरिंगालले मौरी नस्ट गर्दा मह उत्पादन घट्यो

स्वर्गद्वारी अपडेट | चैत्र २७ गते २०७९
राधिका भुसाल २०७९ चैत्र २७ । प्युठानमा मौरी पालन व्यवसायबाट कृषकहरूले राम्रै आम्दानी गर्दै आए पनि पछिल्लो सिजनमा भने अंरिगालबाट मौरीलाई जोगाउन नसक्दा मह उत्पादन घटेको छ । जिल्लामा आधुनिक र परम्परागत मौरी पालन व्यवसाय गरिरहेका किसानहरूको पछिल्लो समय अरिंगालले मौरी नष्ट गरिदिन थालेपछि मह उत्पादन घट्न थालेको दुखेसो पोखे । प्युठानको स्वर्गद्वारी नगरपालिका–७ धनवाङ गाउँका बिर बहादुर पुन मगर व्यसायिक रुपमा मौरी पालन सुरु गरेको १ वर्ष भयो । स्वर्गद्वारी नगरपालिकाको अनुदानमा दश घारबाट मौरी पालनबाट व्यवसाय सुरु गरेका उनीसँग अहिले ६० हाराहारीमा मौरीका घार छन् । गत चैत्रमा पहिलो लट मै १ कुण्डल मह उत्पादन गरेको बताए । यो वर्ष जेठ देखि भदौ सम्म अरिंगाल लागेर मह उत्पादनमा चौपट पारेको बिर बहादुर बताउछन् । पहिलो बर्षमै मौरी पालनबाट हुने आम्दानीमा सन्तुष्ट रहेको बताउँदै पुनले भने, ’लगानी कम लाग्ने र आम्दानी धेरै हुने व्यवसाय हो ।’ घर खर्च गरेर पछिल्लो वर्ष एक कुण्डल मह बेचेको बताउछन ।’ धेरै मेहनत पनि गर्न नपर्ने व्यवसायबाट यति आम्दानी हुनु भनेको आफूहरूका लागि धेरै सहज काम भएको उनको भनाइ छ । यता प्युठान नगरपालिका –७ का डीम  राज पोख्रेल मौरी पालन व्यवसाय गर्न थालेको ११ वर्ष भयो । यो अवधिमा धेरै राम्रो कमाइ भएको उनले बताए । सुरुमा सेरना मौरी ५ घारबाटै मौरी पालन सुरु गरेका उनीसँग अहिले ७५ घार मौरी छन् । ‘खटिएर गर्न सक्ने हो भने मौरी पालन व्यवसायमा राम्रो हुने उनको अनुभव छ ।’ सबै खर्च काटेर वार्षिक ६ देखि ७ लाखसम्मको फाइदा हुने गरेको उनले बताए । यस वर्ष भने अरिंगालले चौपट पारेको बताउछन् । लगानी थोरै भए पनि आम्दानी धेरै हुने भएकाले मौरी पालन व्यवसायबाट किसानहरू खुसी रहेको उनको भनाइ थियो ।’ गाउँमा सिजनको बेला प्रशस्त चिउरी, तोरी, र सिसौ विभिन्न रुखहरू भएकाले कृषकलाई चरनको पनि समस्या छैन । चरनको बेला अन्य कृषकहरुले नजिक–नजिक राखेर मौरी एक आपसमा लुट लडाई गर्दा मह उत्पादनमा कमि देखिन्छ । पोख्रेलले मौरी चराउनकै लागि अहिले कपिलबस्तु राखेको बताउछन । मौरीपालन गरिरहेका सबै कृषकहरूले राम्रो आम्दानी गरिरहेका नेपाल मौरी पालक महासंघ प्युठानका सचिव मधुसुदन भण्डारीले यस आर्थिक वर्षमा भने अरिंगालले गर्दा ९५ प्रतिशत ह्रास आएको बताए । उत्पादनमा आधारित अनुदान कार्यक्रममा मौरीपालक कृषकलाई स्थानीय तहरुले समेट्न नसकेको कृषकहरुको गुनासो गरेका छन् । जिल्लामा आधुनिक घारहरू ५ हजार जति छन् भने मौरीपालक कृषकहरु करिव ४५ –५० जना रहेको सचिव भण्डारी बताउछन ।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्