समय : ०३:५४ pm | सोमबार , माघ २८ गते २०८१

आजबाट प्युठानका स्कुलस्कुलमा लगाइँदैछ एचपीभी खोप

स्वर्गद्वारी अपडेट | माघ २२ गते २०८१

प्युठान।पाठेघरको मुखमा लाग्ने क्यान्सरको निवारणका लागि आजदेखि सरकारले देशभर एचपीभी खोप लगाउँदैछ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यो अभियान फागुन ६ गतेसम्म जारी रहनेछ।

प्युठानका १३ हजार ७ सय ६३ जना किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ –एचपीभी) खोप आजदेखी लगाइने भएको छ ।

राष्ट्रिय खोप कार्यक्रम अभियानमा जिल्लाभरका रहेका  विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरी समेतलाई लक्षित गरी आजदेखि  गतेदेखि २८ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ।

प्युठानमा २ सय १५ वटा खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन गर्न लागिएको हो।यसका लागि २ सय स्वास्थ्यकर्मी ४ सय महिला स्वास्थ्य स्वयंसेविकासहित जम्मा ७ सय  र बिद्यालय शिक्षिका सय जनशक्ति खट्ने परिचालन गरिएको छ । सरकारले १ अर्ब ३० करोड रुपैयाँ लगानी गरी १७ लाख ७० हजार २० डोज खोप लगाउँदैछ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्