प्यूठान । महिला उद्यमशीलता तथा सीप विकास तालिम अन्तरगत ३० दिने एड्भान्स ब्युटिसियन तालिम सञ्चालन भएको छ । ‘उद्यमशील संस्कृति, राष्ट्रको सम्पती’ भन्ने नाराका साथ घरेलु तथा साना उद्योग कार्यालय प्यूठानको आयोजनामा शुक्रबार तालिम उद्घाटन भएको छ ।
प्यूठान नगरपालिका ४ विजुवारमा भएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बीनी प्रदेश सभा सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि माननिय सांसद धनलक्ष्मी श्रेष्ठले जनताको आर्थिकस्तर बढ्न थालेसंगै सुन्दरतालाई पनि प्राथमिकतामा राखेकोले व्युटिसियन व्यवसाय राम्रो हुंदै गइरहेको बताइन । ‘व्युटिसियन व्यवसाय धेरै सेवा मुलक व्यवसाय हो ।’ प्रदेश सांसद श्रेष्ठले भनिन्–‘सिप विकाससंगै बोली, व्यवहारको शैली पनि राम्रो विकास गर्नु पर्ने हुन्छ ।’ धेरैले आफ्नो कतव्र्य भुलेर अरुको बारेमा नकारात्मक टिप्पणी गर्दै हिड्ने संस्कारको विकास हुंदै गएको उनले बताइन । सबै जनाले अरुको चासो नलिएर आफ्नो काम, कर्तव्य र अधिकारलाई मात्र मध्यजनर गर्नेु पर्ने श्रेष्ठले बताइन । ‘राज्यले निशुल्क दिएको तालिम भनेर बेवास्ता नगर्नु होला ।’ सांसद श्रेष्ठले भनिन्–‘राज्यले राम्रो जनशक्ति उत्पादन गर्ने योजनाका साथ प्रत्येक नागरिकको चाहाना अनुसार तालिमहरु सञ्चालन गर्दै आएको छ ।’ महिलाले आफुलाई सक्षम बनाउनका लागि सीप सिकेर त्यसको परिणाम लिनु जरुरी रहेको उनको भनाइ छ ।

त्यस्तै प्यूठान नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रशेम कार्कीले राज्यले लगानी गरे अनुसार उपलब्धी नभएको हुंदा निरासा थपिदै गएको बताए । ‘आफुले सिकेको सीप कसैलाई दिनु पर्दैन, आफ्नै कमाइ हो ।’ वडा अध्यक्ष कार्कीले भने–‘यदि आफु आर्थिक रुपले सक्षम नभएका छोराछोरीले समेत साथ छोड्ने गर्दछन् ।’ सबै क्षेत्रबाट राज्यले खोजेको जनशक्ति उत्पादन गर्नका लागि राज्यले राम्रै लगानी गरेको समेत उनले बताए ।
विकसित मुलुकहरुमा पनि स–साना घरेलु उद्योग गर्दा गर्दै सबै कुरामा आत्मनिर्भर हुंदै समृद मुलुक बन्न सफल भएको घरेलु तथा साना उद्योग कार्यालयका निमिक्त प्रमुख मनी बहादुर गुरुङले बताए । तालिममा प्यूठान नगरपालिका ४ विजुवार स्थित पिंक ब्युटि पार्लर तथा टे«निङ सेन्टरका सञ्चालक विञ्जु श्रेष्ठले प्रशिक्षण दिने आयोजकले जनाएको छ ।
विजुवार स्थित पिंक ब्युटिपार्लरमा ३० दिनसम्म सञ्चालन हुने तालिममा जिल्लाका विभिन्न स्थानका १५ जना सहभागी रहेको उद्योग विकास सहजकर्ता संगिता नेपालीले जानकारी दिइन । यो तालिमसंगै चालु आर्थिक वर्ष २०८१÷०८२ मा ४ प्रकारका तालिमहरु सञ्चालन हुनेछन् । महिला उद्योमशिलता सीप विकास अन्तरगत सिलाइ कटाइ तालिम, शैलुन व्यवसाय सञ्चालन गर्नेका लागि सीप विकास तालिम, अल्लो प्रोसेसर तालिम र बेरोजगार युवाका लागि उद्यमशिल कार्यक्रम सञ्चालन हुने घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । यि तालिमहरुका लागि कार्यालयले करिब १८ लाख बजेट विनियोजन गरेको उद्योग विकास सहजकर्ता संगिता नेपालीले जानकारी दिइन ।
