समय : ०५:२७ am | आइतबार , भाद्र २२ गते २०८१

आय आर्जनसँग जोडिएका क्षेत्र मुख्य प्राथमिकतामा छ -अध्यक्ष थापा

राधिका भुषाल | जेठ ३२ गते २०८१

प्यूठान जिल्लामा अवस्थित २१३.४१वर्ग कि.मि. क्षेत्रफल रहेको यस नौबहिनी गाउँपालिका समुद्र सतहबाट न्यूनतम ८७४ मिटरदेखि अधिकतम ३६०६ मिटरसम्मको उचाइमा रहेको छ । यस गाउँपालिकाको पूर्वमा गौमुखी र झिमरुक गाउँपालिका, पश्चिममा रोल्पा जिल्ला, उत्तरमा रोल्पा र बाग्लुङ्ग जिल्ला र दक्षिणमा प्यूठान नगरपालिका र झिमरुक गाउँपालिका पर्दछन् । यस गाउँपालिकाको अधिकांश क्षेत्र वनजंगलले ओगटेको छ । जंगल तथा जलाधार क्षेत्रको कमी नभएको यस गाउँपालिकामा सानाठूला खोला तथा नदीहरु बग्ने गर्दछन् । देश संघीय संरचनामा विभाजन हुनु भन्दा अघि साविकको डामृ गाविस अध्यक्ष भइ लामोसमय काम गरी स्थानिय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भएका नौबहिनी गाउँपालिका प्यूठानका अध्यक्ष दिल बहादुर थापासंग नौबहिनीको समग्र विकासको अवस्था तथा अवधारणा बारे स्वर्गद्धारी अपडेटले गरेका कुराकानीको सम्पादित अंश

तपाईको पालिकामा जनताको अपेक्षा अनुसार काम भएको छ ?

बिशेष गरी म निर्वाचित भइसकेपछि धेरै जनताको धेरै अपेक्षाहरु हुन्छन् । जनताले अपेक्षा गरे अनुसार काम गर्न नसके पनि हाम्रो तर्फबाट राम्रा कामहरु थालनी गरेका छौ भन्ने लाग्छ । जनतालाई द्धिर्घकालिन रmपमा हित हुने वा फाइदा हुने खालका कामको सुरmवात गर्ने छौं । हामी नौवहिनी गाउँपालिकालाई व्यवस्थीत रmपले सडक सञ्जालमा जोड्ने, खानेपानीलाई एक घर एक धारा अवधारणका अनुसार हामीले काम अघि सारेका छौं । सिमित स्रोत साधनलाई प्रयोग गरेर जनताको आवश्यकतालाई मध्यनजर गरेका छौं । समग्र नौबहिनीबासी जनसमुदायको एकीकृत गरेर विकास पूर्वाधार, क्षमता विकास, उत्पादनसंग जोडिन् तर्फ योजना अगाडि सारेका छौं । उत्पादनसंग प्रत्येक व्यक्ति जोडिएर आर्थिक सुचाङ्कलाई माथि उठाउन पर्छ । नौ बहिनीको प्रत्येक वडामा कुनै न कुनै बस्तुको उत्पादन गरी आयआर्जनसंग जोड्ने छौं । व्यक्तिगत रुपमा जनताको अपेक्षा पुरा नभएका होलान् तर, सिंगो नौबहिनीको समग्र विकासमा हामी लागिरहेका छौं ।

 कुन क्षेत्रलाई बढि प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नु भएको छ त ?

समग्र रुपमा हेर्दा भौगोलिक रुपमा अलि विकट भएको हुदा यहाँका जनताको जीवनस्तर माथि उठाउनको लागि कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेका छौं । संगै शिक्षा स्वास्थ्य क्षेत्रको अवस्था पनि अलि नाजुके छ । त्यसकारण कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रलाई विशेष जोड दिनुपर्छ । कृषिलाई आधुनिकीकरण गरी प्रत्येक नागरिकलाई आर्थिक आय आर्जन गर्ने वातावरण मिलाउन सके मात्र सबै क्षेत्रको विकाससंग संगै अगाडि जाने हुंदा यी क्षेत्रलाई नै प्राथमिकतामा राख्ने गरेका छौं । युवाहरु गाउँ छोड्दै शहर तथा विदेशीने समस्यालाई अन्य गर्न पनि कृषिमा लगानी गर्न जरुरी छ । सबैलाई रोजगारी दिन त नसकिएला तर, सिप तथा क्षमता बृद्धि गर्ने कार्यक्रमहरुमा बजेट विनियोजन गरी व्यवसायीक रुपमा जोड्न सकिन्छ ।

 निर्वाचनका बेला बनाइएको घोषणा पत्रमा राखिएको कुरा कति पुरा भएका छन् ?

नौ बहिनी गाउँपालिका भित्रका मुख्य ठाउँहरुलाई सडक सञ्जालले जोड्नु पर्छ भनेका थियो त्यससंगै जनताको स्वास्थ्य अवस्था र गुणस्तर शिक्षाको कुरा गरेका थियो सोही अनुसार अहिले काम भइरहेको छ । सबै जनालाई रोजगारी दिन नसकेपनि सिप सिकाएर आय आर्जनसंग जोडिने कोशिस गरिरहेका छौं ।

तपाईको पालिकामा संघीय र प्रदेश सरकारका योजनाहरु कत्तिको परेका छन् ?

संघ र प्रदेशबाट नियमित रुपमा आउने पर्ने योजनाहरु त आएकै छन् । त्यस बाहेक हाम्रो अलि ठुलो लागतमा हुने योजनाहरु माग गरेका छौं । बाहाने, खवाङ, लिघा स्याउलिवाङ, बाग्लुङको बुतिवाङ हुदैं मध्य पहाडि लोकमार्गमा जोड्ने सडकलाई गत आर्थिक वर्ष बजेट पारेका थियो । अब टेन्डरको प्रकृया पुरा भएर काम सुरु भएको छ यो हाम्रो लागि ठुलो योजना हो । यस बाहेक खानेपानी, सामान्य सडकहरु लगायतका योजनाहरु आएकै छन् । प्यूठानबाट  निर्वाचित सासंद, राजनीतिक दलमा नेताहरु सबैको समन्वय गरेर काम गरेका छौं हाम्रो अपेक्षा अनुसार योजना नपरेपनि मात्रामक रुपमा योजनाहरु आएकै छन् ।   

तपाईको बाँकी कार्यकालको योजना कस्तो छ ?

गत वर्षको नीति तथा कार्यक्रममा नौबहिनीलाई वर्गिकरण गरेर हामीले गौरबका योजनाहरु सुरु गरेका छौं । यी सबै योजनाहरुको काम चस्त दुरुस्त सम्पन्न गर्नुछ । गत वर्ष बाहाने बजारभित्रको सडकलाई ढलान गरेका छौ यस वर्ष बहाने देखि डामृ हुदैं लिघा जोड्ने सडक, बहाने, लुङ हुदै तुषारा जोडने सडक कालोपत्रे हुंदैछन् । बहाने, भिरविसौना हुंदै डामृ जोड्ने सडक पनि कालोपत्रे हुने प्रकृयामा छ । यही हिसावले काम गर्दै जाँदा अबको १० वर्ष भित्र नौ बहिनीका प्रत्येक गाउँबस्तीका सडकहरु कालोपत्रे गर्ने महत्वकाँक्षी योजनाहरु अघि सारेका छौं । यहाँका कृषकहरुलाई सहकारीसंग जोडेर उत्पादनमा आधारित अनुदानलाई प्राथमिकता दिनेछौ साथै हरेक नागरिकलाई आयआर्जनसंग जोड्न सिप सिकाउने, तालिमहरु प्रदान गर्ने लगायतका काम गर्ने छौं ।

नौबहिनीका पर्यटकीय स्थलहरुलाई कसरी प्रर्वद्धन गर्दै हुनुहुन्छ ?

हाम्रो पालिकामा प्यूठान जिल्लाको सबै भन्दा अग्लो पहाड कोठीभिर समुन्द्री सतह देखि ३६ सय मिटर उचाइमा अवस्थित छ । त्यसकै साथमै प्राकृतिक सुन्दरताले भरिएको खलेसेवाङमा कोठिभिर युवा क्लवद्धारा नयाँ वर्षको अवसरमा मेला आयोजना गरेको थियो । नौबहिनी गौमुखी संरक्षण वन नामको साझा संस्था छ यसले यहाँका भएका धार्मिक तथा पर्यटकीय स्थलहरुलाई प्रर्वद्धनको लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने गरेको छ । नौबहिनी र प्यूठान नगरपालिको साझा पर्यटकीय स्थल झुलेनी, बाहुन पोल्नेडाडा, कट्घेरा त्यसैगरी धार्मिक पर्यटकीय स्थल लुङको मस्ठधाम, लुप्लुङको देवाली, मार्केथान, झाक्रिस्थान लगायतका ठाउँहरुलाई व्यवस्थित गरी पूर्वाधार निर्माण गर्दै आम्दानीको स्रोतसंग जोडन् पर्छ ।  

जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्ध कस्तो छ ?

अन्य पालिकाहरुमा जनप्रतिनिधी र कर्मचारी बीच खटपट हुने गरेको सुन्ने गरेका छौं । हाम्रो गाउँपालिकामा कुनै समस्या छैन । सबैलाई आफ्नो कर्तव्य र अधिकार थाहा छ सोही अनुसार आफ्नो जिम्मेवारीमा रही काम गरिरहेका छौ ।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्