समय : ०६:५१ am | आइतबार , भाद्र २३ गते २०८१

शिक्षालाई प्राथमिकतामा राखेका छौ–अध्यक्ष अधिकारी

स्वर्गद्वारी अपडेट | जेठ २६ गते २०८१

प्युठानमा जिल्लामा रहेको नौ स्थानीय तह मध्ये कम जनसंख्या र भौगोलिक हिसाबले सानो मानिने माण्डवी गाउँपालिका हो। यस गाउँपालिकाले  कृषि र पर्यटनको माध्यमबाट आर्थिक रुपमा सम्वृद्ध बन्नको लागि प्रचुर सम्भावना बोकेको छ।रोल्पा र प्युठान छुट्याउने दोबाटोले समेटेको यस गाउँपालिकाको मुख्य ब्यापारी केन्द्र रुपमा जस्पुर बजार रहेको छ।सोहि ठाउँमा पालिकाको प्रशासनिक भवन संचालनमा छ। स्थानीय तहको दोस्रो निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित भएका माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी (रोशन)संग स्वर्गद्वारी अपडेटले समय सान्दर्भिक गरिएको कुराकानीको प्रस्तुत-         

माण्डवी गाउँपालिकामा निर्वाचित भएपछि कस्तो अनुभूति गरिरहनु भएको छ ?

यस २ वर्षे कार्यकालमा जनताप्रति उत्तरदायी,प्रतिबद्धता र जन पक्षीय काम गर्ने जिम्मेवारी बोधको अनुभूति गरिरहेको छु।

माण्डवी गाउँपालिलाई सम्वृद्ध माण्डवी बनाउने योजना के बाट देख्नुहुन्छ ?

गाउँपालिका बासीको सम्वृद्ध योजना भनेको पहिलो आधार शिक्षा हो।त्यस्तै स्वच्छ खानेपानि,पर्यटन प्रबर्द्धन र आन्तरिक स्रोत बृद्धि गर्नु हो।भौतिक संरचना निर्माणले मात्रै सम्वृद्ध पालिका बन्दैन।सोही अनुसार जनताको प्रत्यक्ष जन जीवन संग जोडिएको शिक्षा क्षेत्रको गुणस्तरता शिक्षा वृद्धि गर्न विशेष योजनाहरु बनाएका छौ।जसले भबिस्यमा  माण्डवी गाउँपालिकालाई सम्वृद्ध पालिकाको रुपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने छ ।

जनप्रतिनिधि भएर काम गर्दै गर्दा कस्ता खालका चुनौतीहरु सामना गर्नु पर्दोरहेछ ?

काम गर्दै जाँदा सम्भावना र चुनौती स्वाभाविक ढङ्गले हुन्छ। सबै भन्दा ठुलो चुनौती पद बहाली गर्दा ठुलो विपति आयो र माण्डवी गाउँपालिकाको वडा नम्बर २ मा अवस्थित मर्कवाङ्गमा बस्ति नै पहिरोले   बगायो।सोहि पालिकाको वडा नम्बर ४ फरुन्ड़े बस्तीमा ४ जनाको मानबिय क्षति हुने गरि पहिरोले बगायो।यतिबेला हामीले दुख र सुखलाई तुलनात्मक ढङ्गले हेरिरहेका छौ।चुनौती र सम्भावनालाई पकडेर हामि अघि बढिरहेका छौ ।

गाउँपालिकाको बिकासको काम गर्दा पालिकाबासि र प्रशासनिक क्षेत्रबाट कतिको सहयोग पाउनु भएको छ?

गाउँपालिका बासिबाट बिकासको काम गर्दा महत्वपूर्ण सहयोग पाएको छु।स्थानीय जनसमुदाय  बिकासको निम्ति अबरोध गर्ने गरेको छैनन्। केहि-केहि विकास बिरोधिहरुले असहयोग गरेता पनि                 जनसमुदायको स्तरबाट ठुलो सहयोग पाएको छु अझै सहयोगको अपेक्षा गरेको छु।प्रशासनिक क्षेत्रबाट तिन तहको सरकार मध्ये एक स्थानीय सरकार हामी पनि आफै प्रशासन हौ।संघ,प्रदेश र स्थानीय सरकारसंग समन्वय गर्दै प्रशासन क्षेत्रमा रहेका सबै कर्मचारीहरुलाई पनि प्रशासकिय भूमिका पुरा गर्ने गरि र जनताको भवनालाई कदर गर्दै आवस्यक सहयोग पाएको छु।

निर्वाचित भएर आएको २ वर्षे कार्यकाल सकियो के-कस्ता प्रमुख कामहरु गर्नु भएको छ ?

हो दुई वर्षे कार्यकाल सकिएको छ।कैयन् कुराहरु त सिकाई मै खर्च भयो।अहिले प्रशासनिक,राजनीतिक र विकास निर्माणको काम गर्दै गर्दा केहि अघिल्लो सरकारले गरेका कयौन् अपुरा योजनाहरु पुरा भएका छन्। केहि स्वास्थ्य चौकी र बिद्यालयमा भवनहरु पुरा हुँदै छन।गौरवको आयोजना मार्सिवाङ्ग खेलकुद मैदान तिब्र गतिमा निर्माण भइरहेको छ।देबिस्थानमा १५ सैया अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ। पर्यटन प्रवर्द्धन विस्तार गर्नको लागि नेपालकै एकमात्र बाहुन जातिले राज्य गरेको ऐतिहासिक दरबार उदयपुरकोट राजदरबार देखि धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारी मन्दिर सम्म पदमार्ग जोडनको लागि गुरुयोजना निर्माण गरेका छौ। बजेटको अभावले सोचे अनुरुप काम भने गर्न सकिरहेको छैनौ।दुई वर्षे कार्यकाल सहज तरिकाले बितेको छ ।अबको बाकी समय पनि माण्डवी गाउँपालिकालाई सम्वृद्ध पालिकाको रुपमा  स्थापित गर्न लागि पर्ने छौ।

तपाइको पालिका भित्रका बिद्यालयहरुमा राजनितिक दलको हालीमुहाली बढी भएको कारणले शिक्षामा सुधार भएन भन्ने जनगुनासो छ प्रस्ट पार्नुहोस त ?    

राजनीतिक सबै क्षेत्रमा हुन्छ।विकास निर्माणमा पनि राजनितिक हुन्छ र शिक्षा मा पनि हुन्छ।शिक्षा क्षेत्रमा मात्र राजनीतिक हुन्छ भन्ने मात्र त होइन् तर शिक्षा क्षेत्र सार्वजनिक थलो भएका कारणले त्यहा बिद्यार्थी संगठन हुने,शिक्षक संगठन हुने र कर्मचारी संगठन  हुनु स्वाभाविक नै हो।तर हामि बिद्यालयमा राजनीतिक गर्न आएका होइनौ।राजनीतिक कारणले पठनपाठन समस्या परेको छैन।अहिले हामीले शिक्षा क्षेत्रमा सुधारको लागि शिक्षा नीति बनाएका छौ।हामीले प्राप्त गरेको कुल बजेटको ३३.९८ प्रतिशत शिक्षामा लगानी गरेका छौ।केहि बिद्यालयमा फरक फरक किसिमका शिक्षक सगंठन भएको कारणले तालमेल नभएका होला तर राजनीति दलको हालीमुहाली भएको भन्ने बाहिरि रुपमा सुनिएको हल्ला मात्रै हो।                     

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्