समय : ०६:२८ am | मङ्गलबार , भाद्र २५ गते २०८१

‘घोषणा पत्र हेर्दै काम गरेका छौं’- अध्यक्ष शाह

राधिका भुषाल | जेठ १५ गते २०८१

प्यूठान जिल्लाको ऐरावती गाउँपालिकामा बनाइएका नीति नियम कार्यान्वयन, विकास निर्माणको अवस्था, चुनावको बेला गरिएका घोषणाको कार्यान्वयन लगायतका विषयमा केन्द्रित रहि ऐरावती गाउँपालिकामा दोस्रो पटक निर्वाचित भइ अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका अध्यक्ष नविल विक्रम शाहसंग स्वर्गद्धारी अपडेट अनलाइन पत्रिकाले गरेको कुराकानी

तपाईको पालिकामा जनताले अपेक्षा गरे अनुसार काम भएको छ ?
यो कुरा त तपाईहरुले प्रत्येक्ष जनतालाई प्रश्न गरेर बुझ्नु पर्छ । जनप्रतिनिधीको हिसावले हेर्दा सिमित स्रोत साधनको बाबजुत जनताका धेरै अपेक्षाहरु छन् । ति जनताका सबै अपेक्षा पुरा गर्न त समय लाग्छ । तर, महत्वपूर्ण क्षेत्रलाई प्राथमिकतामा राखेर ऐरावतीवासीको अपेक्षाहरु अनुसार काम गरिरहेका छौं ।
कुन क्षेत्रलाई बढि प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नु भएको छ त ?
भौतिक पुर्वाधारको क्षेत्र भन्दा पनि दैनिक जनजीवनसंग जोडिएका विषयहरुलाई सुरुवात बाटै प्राथमिकता राखेका थियौं । जनताको मुख्य आवश्यकता स्वास्थ्य, शिक्षा र कृषिलाई अलि बढि प्राथमिकतामा राखेका छौं । यो भन्दै गर्दा अन्य क्षेत्रलाई बेवास्था गरिएको भन्ने चाही होइन । भौतिक पुर्वाधार कुरा गर्दै गर्दा हाम्रो सबै जसो भवनहरु नयाँका छन् । गाउँपालिकाको भवन सबै वडा कार्यालयको आफ्नै भवनबाट सेवा प्रवाह भइरहेको छ । त्यस्तै स्वास्थ्य चौकीहरुले आफ्नै भवन सेवा दिएका छन् । सामुदायीक स्वास्थ्य इकाइबाट यहाँका जनतालाई सेवा दिइरहेका छौं । पालिका भित्रका सबै वडा कार्यालय तथा गाउँबस्तीलाई सडक सञ्जालले जोडेको छ । ‘एक घर, एक धारा’ अवधारणाका साथ बस्ती–बस्तीमा खानेपानी पु¥याउने काम तिव्र गतिमा भइरहेको छ भने मोटरबाटो स्तरउन्नती गर्ने काम निरन्तर चलिरहेको छ । बजेट विनियोजन गर्नु मात्रै पूर्णता होइन बजेट कार्यान्वयन भित्रका नीति निर्माणका कारण कुनै योजनाहरुमा समयमा सम्पन्न नभएको अवस्था पनि छन् ।
जनतासंग चुनावमा गरेका वाचाहरु कत्तिको पुरा भएका छन् ?
मेरो दोस्रो कार्यकाल भएकोले पहिलो कार्यकालमा पुरा हुन नसेका कामहरुलाई निरन्तरता दिन पाएको छु । गठबन्धनबाट चुनावमा जाँदा बनाएको घोषणा पत्र पल्टाउदै काम गर्दै गरेका छौ । ति घोषणा पत्रमा समेटिएका विषयवस्तुलाई पूर्णता दिन त अझै बाँकी छ लगभव ९० प्रतिशत काम सुरु गरिसकेका छौं । स्तरउन्नी गर्ने, गुणस्थरता बढाउने जस्ता काम बाँकी छन् । हाम्रो गौरवकै योजनाको रुपमा रहेको विजुली लिफ्ट खानेपानी योजना सम्पन्न गर्नका प्राविधिक समस्याले गर्दा कठिनाइ भएको छ । यसै आर्थिक वर्ष काम सम्पन्न हुदैछ । हामी स्थानिय तहको जनप्रतिनिधिको हैसितले गरेका प्रतिवद्धता अनुसार काम गर्ने भनेर घोषणा पत्र बनाएका थियो त्यही अनुसार नै काम भएका छन् ।
संघ र प्रदेशबाट कत्तिको योजनाहरु पार्नु भएको छ ?
संघको योजना अन्तर्गत १५ शैयाको अस्पताल सम्पन्न हुंदैछ । बस्तुस्थित र गाउँपालिकाको अवस्था पहिचान नगरि बजेट विनियोजन गर्ने हुंदा प्रदेश सरकारबाट खासै योजना आएका छैनन् । आवश्यकता हो या होइन भन्ने कुरा आएका योजनाहरु काम छैन । संघ, प्रदेश र स्थानिय सरकार एकद्धार प्रणालीबाट जानुपर्छ । त्यसमा नियमन अनुगमन गर्न पनि सजिलो हुने र डुब्लिकेसन पनि नहुने हुंदा राम्रो हुने थियो । तर, संघ र प्रदेशका जनप्रतिनिधीहरुले स्थानिय तहको भुगोल र आवश्यकता पहिचान गरी कार्यक्रमहरु बनाएको हामीले भेटेका छैनौं । प्रदेश अन्तरगतको चेरनेटा, बरौला, जोइटारी हुदैं अर्घाखाँची जोड्ने सडक निर्माण गर्दा अहिले बजेट अभाव छ ढिलो हुन्छ बुहवर्षिय योजना बनाउनु पर्छ भनेर धेरै पटक भन्दा समेत एउटा निर्णय समेत प्रदेशले गर्न सकेको छैन । हामीले बनाएर लगेका योजनाहरु झुक्कीएर एक दुइ वटा परे पनि अरु परेका छैनन् । ऐरावती गाउँपालिकाले प्रदेश मातहतमा रहेका केही योजनाहरुलाई आग्रह गरेका थियो त्यो पनि हुन सकेका छैन । संघबाट हुनु पर्ने भइरहेका छन् ।
स्थानिय तहको आर्थिक रुपमा मजवुद हुन सक्ने अवस्था कस्तो छ ?
विस्तारै स्थानिय तह आफ्नै आर्थिक स्रोतले चल्नु पर्ने हुन्छ । त्यसका लागि स्थानीय उत्पादनलाई बजारीकरण गरेर स्रोत व्यवस्थापन गर्ने बाहेक विकल्प छैन । लोकल मदिरा नै आयस्रोतको मुख्य क्षेत्र देखिन्छ । विदेशी उत्पादनलाई प्रयोग गरेर राज्यले अरबौं कर असुली गरेका चलेको छ भने त्यही सामान नेपालमा बन्द गर्ने अनुमति दिइरहेको छ यो राम्रो होइन । लोकल मदिरा उत्पादन गरेर एउटा महिलाले आफ्नो परिवारको आर्थिक खर्च व्यवस्थापन गरिरहेकी हुन्छिन अब त्यसलाई गौरबका साथ भन्ने अवस्था छैन । स्थानिय मदिरा उत्पादन भने ऐन बनाइ सकेको छौं तर, दर्ता गर्नका उद्योग मन्त्रालयमा एकदम झन्डटिलो र अहिलेसम्म दर्ता नभएको अवस्था छ । ७ सय ५३ वटै स्थानिय तहमा उत्पादन हुने बस्तुलाई यसरी बन्देज लगायो भने कसरी आर्थिक स्रोतको वृद्धि हुन्छ त ? २०–२५ वटा स्थानिय सरकारले ऐन बनाइ सकेका छन् अब एउकै पटक दर्ताको लागि प्रक्रिया अगाडि बढाउने हो । बाहिरी उत्पानदलाई बन्द गरेर हामीले आफ्नो उत्पादनलाई व्यवस्थित बनाउदै बाहिर ल्याउने हो त्यसका लागि धेरै चुनौती भएको हुंदा अलि अन्योता देखिन्छ ।
अब को ३ वर्ष भित्र पालिकावासी जनताले विकासको क्षेत्रमा के के कुरा पाउछन ?
जनताले गरेका अपेक्षालाई मनन गरेर आफैमा आत्मनिर्भर तर्फ लैजाने कोशिस गरेका छौं । रोजगारीका कुराहरु छन् सबैलाई जागिर दिन सक्ने अवस्था त हुंदैन । उद्यमशील तालिम प्रदान गरेर सिप सिकाउने, शिक्षाको गुणस्तर बढाउने, भौतिक निर्माणका कामहरुलाई गुणस्तर बनाउदैं सबै जनताको पहुंचमा लैजाने सडकहरु कालेपत्रे गर्ने । एकघर एकधारा अभियानलाई पूर्णता दिने । स्वास्थ्य क्षेत्रलाई अझै प्रभावकारी बनाउदैं लैजाने लगायतका योजनाहरु अघि सारेका छौ । काम गर्ने क्रममा जनताको मुख्य आवश्यकतालाई पहिचान गर्दै प्राथमिकरण गर्नेछौं ।
काम गर्ने क्रममा कर्मचारी र जनप्रतिनिधी विच कत्तिको खटपट हुनु गर्छ ?
कहिलेकाँही अपवादको रुपमा भए होला तर, ऐरावती गाउँपालिकामा खटपट भन्ने हुंदैन । हामी जनप्रतिनिधी र कर्मचारी छुट्एिर काम गरेको अवस्था छैन । हाम्रो काम कर्मचारीले सघाउनु भएको हुन्छ भने हामीले उहाँको कामलाई हामीले सहयोग गरेका हुन्छौं । हामी दुवै पक्षबाट कुनै खालको दवावहरु सिर्जना भएका छैनन् हुंदैनन् पनि । सबै स्थानिय तहहरुमा जनप्रतिनिधी र कर्मचारी बीच सबै काममा सहजीकरण भएपछि थोरै स्रोत साधनले पनि खुसी साथ काम गर्ने सकिन्छ ।
अन्त्यमा तपाईका जनतालाई के भन्न चाहानु हुन्छ ?
ऐरावती गाउँपालिका बासीहरुलाई केही कुरा जान्न, बुझ्न मन लागेमा सुचनाको हक अधिकारी प्रयोग गरेर प्रस्ट हुन अनुरोध गर्छ । कसैले भन्यो रे भन्ने कुराको पछि नलाग्न आग्रह गर्दछु सम्बन्धित शाखा अथवा व्यक्तिसंग सम्पर्क गरेर समेत सुचना प्राप्त गर्न सकिन्छ । धन्यवाद !

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्