समय : ०६:२३ pm | बुधबार , असाेज २ गते २०८१

धनुषामा भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको ३५ लाख रुपैयाँभन्दा बढीको सामान प्रहरीद्वारा बरामद

स्वर्गद्वारी अपडेट | माघ ४ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान ।  भारतबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको ३५ लाख भन्दा बढीको समान धनुषा प्रहरीले बरामद गरेको छ । बरामद भएको सामान जनकपुर भन्सार कार्यालयलाई बुझाएको छ । जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनामा पर्ने सडकखण्डबाट ६ लाख ३६ हजार ३ सय बराबरको किरानाका सामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयाे । त्यस क्रममा प्रहरीले ज १ ह ४७८१ नम्बरको अटो रिक्सा चालक जनकपुरधाम उपमहानगरपालिका –२५का सन्तोष झा धनुषाको धनौजी गाउँपालिका–३ का जाहिर नदाफलाई समेत प्रहरीले नियन्त्रणमा लिएकाे छ । त्यसैगरीे जिल्लाको औरही गाँउपालिका–२ मा  भारतबाट अवैध रुपमा भन्सार छली चोरी गरी बा.प.०२–०२७ च. ६५२२. नं.को पिकअप गाडीमा पापरलगायतका सर–सामान लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीले फेला पारी जाँच गर्दा ती सामानहरुको आवश्यक बिल बिजक नभएकोले नियन्त्रणमा लिएको जनाइएको छ । पिकअप गाडीसहित जनकपुरधाम उपमहानगरपालिका– १६को ३७ वर्षीय छोरा भोगेन्द्र मण्डललाई नियन्त्रणमा लिइ गाडी र पापरसहित गरी २५ लाख ६० हजार बराबरको सामान भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको उपरीक्षक क्षेत्रीले बताउनुभयाे । त्यसैगरी जनकपुर उपमहानगरपालिका–२२ काे सडक खण्डमा ३ वटा मोटरसाइकलमा भारतबाट भन्सार छलेर ल्याइएको ३ लाख २९ हजार ९ सय ५५ रुपैयाँ बराबरको किराना सामान पनि नियन्त्रणमा लिइ भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्