राष्ट्रपति र सभामुख पदका विषयमा कांग्रेससँग पनि छलफल हुन्छ : प्रचण्ड


स्वर्गद्वारी अपडेट प्यूठान । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा नेपाली कांग्रेससँग पनि छलफल हुने बताएका छन् ।शनिबार सरकारी निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले सोमबार राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा छलफल गर्न प्रतिनिधिसभामा रहेका राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाइएको जानकारी दिए ।
‘अस्ति ओली र मैले सहमति गर्दा कांग्रेस प्रतिपक्ष हुन्छ भन्ने कल्पना गरिएको थियो । जब मलाई कांग्रेसले पनि समर्थन गरिसकेपछि मेरो पनि जिम्मेवारी हुने भयो। त्यसैले मैले कांग्रेस लगायतका दललाई धन्यवाद पनि भन्नुपर्नेछ, र राष्ट्रपति सभामुख लगायतका विषय के गर्ने भनेर छलफल गर्नुपर्नेछ’ उनले भने ।