समय : ०१:३० pm | सोमबार , जेठ ५ गते २०८२

सन्दीप लामिछाने धरौटीमा रिहा

स्वर्गद्वारी अपडेट | पौष २८ गते २०७९
स्वर्गद्वारी अपडेट ,प्युठान lपूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने भएका हुन् । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो ।गत भदौ २० गते एक किशोरीले बलात्कारको आरोपमा सन्दीपविरुद्ध प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।सन्दीप सोही उजुरीका आधारमा विदेशबाट फर्किने क्रममा विमानस्थलबाटै पक्राउ परेका थिए ।सन्दीपका वकिलले पीडित भनिएकी किशोरीको जन्ममितिमा प्रश्न उठाएपछि जिल्ला अदालतले उनी जन्मिएको अस्पतालबाट विवरण मगाएको थियो ।पुस २५ गते नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जले जिल्ला अदालतलाई पठाएको विवरणमा ती किशोरीको जन्ममिति २०६१ साल जेठ १८ उल्लेख छ ।सन्दीप सोही उजुरीका आधारमा विदेशबाट फर्किने क्रममा विमानस्थलबाटै पक्राउ परेका थिए । 

यो पनि पढ्नुहोस्