समय : ०४:३६ am | शुक्रबार , मंसिर ६ गते २०८१

अमेरिकामा शीतकालीन हिमआँधी : १२ जनाको ज्यान गयो, जनजीवन अस्तव्यस्त

स्वर्गद्वारी अपडेट | पौष ९ गते २०७९

स्वर्गद्वारी अपडेट प्युठान । अमेरिकामा शीतकालीन हिमआँधीका कारण कम्तीमा १२ जनाको ज्यान गएको छ । जनजीवन अस्तव्यस्त भएको छ ।

हिमआँधीका कारण लाखौँ अमेरिकी नागरिक प्रभावित भएका छन् । १५ लाखभन्दा धेरै मानिस विद्युत् विहीन हुनुका साथै हजारौँ उडान रद्द भएका बीबीसीले जनाएको छ । साउथ डकोटामा हिउँमा परेका केहीले इन्धन सकिएपछि निक्कै समस्या भोगेका छन् । क्यानडा, ओन्टारियो र क्युबेक आँधीको चपेटामा परेका छन् । वायुमण्डलीय चाप घट्दा उत्पन्न चक्रवातले अमेरिका–क्यानडा सीमाका ठूला लेकहरूमा हिमपात भएको छ । विशाल आँधी टेक्सासदेखि मेनसम्म २ हजार माइल फैलिएको त्यहाँको राष्ट्रिय मौसम सेवा विभागले जनाएको छ । पेन्सिलभेनिया र मिसिगनका क्षेत्रमा भारी हिमपातको पूर्वानुमान गरिएको छ । न्युयोर्कमा कम्तीमा ३५ इन्च बाक्लो हिउँ पर्ने अनुमान छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्