समय : ०५:१८ am | आइतबार , भाद्र २२ गते २०८१

प्यूठानको तिल्केनीमा विपद् प्रभावितमा जिप्रकाद्वारा अनुगमन गरीं राहत सामग्री हस्तान्तरण

सन्तोष सुनार | श्रावण ८ गते २०८१

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका वडा नं. ४ तिल्केनीमा वर्षाको कारण घरमा बस्न जोखिम रहेको विस्थापित ६ घरको जिल्ला प्रशासन कार्यालय प्यूठानले अनुगमन गरी राहत सामाग्री वितरण गरेको छ ।

तिल्केनीमा वर्षायातको कारण उक्त घरहरुमा जोखिम रहि विस्थापित रहेको परिवारहरु खबर जानकारी भएपछि मङ्गलबार प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले ऐरावती गाउपालिकाका अध्यक्ष , प्रमुख प्रसाशकिय अधिकृत , जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका मन्त्री, पत्रकार लगायतको उपस्थितिमा उक्त विपद् प्रभावित क्षेत्रको अनुगमन गरिएको प्रजिअ नारायण प्रसाद अर्यालले जानकारी दिए ।

उक्त बस्तिमा पानी परेको समयमा डाँडाको माथिल्लो भागबाट एकीकृत भई खोल्सा हुँदै पानी, माटो, लेदो, ढुँगा, काठ बग्दै बस्तीमा पसेर घरहरुमा बसोबास गर्न जोखिम भएको प्रजिअ अर्यालले बताए । उक्त पविारलाई रेडक्रसको समन्वयमा बस्न , सुत्न र पकाउनको लागी प्रयोग गरिने राहत सामग्री वितरण गरिएको छ । विस्थापित भएका ६ घर परिवार म्ध्ये दुई परिवार छिमेकीको खाली घरमा बस्दै आएका छन भने चार परिवार नजिकको समाज कल्याण प्राथामिक विद्यालयमा बसेका छन ।

त्यस ठाउँमा वर्षाको समयमा निकै जोखिम रहेकाले भूवर्ग विद लिइ बस्ने खालको ठाउ होकी होइन भन्ने जानकारी लिने छलफल भइरहेको समेत जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्