समय : ०२:०२ am | शनिबार , श्रावण ४ गते २०८१

विजय फूलबारीद्धारा मृतक सदस्यका परिवारलाई २५ हजार राहत

सन्तोष सुनार | असार १७ गते २०८१

प्यूठान÷ विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि. ले मृतक सदस्यका परिवारलाई २५ हजार नगद राहत प्रदान गरेको छ ।


प्यूठान नगरपालिका वडा न. ३ सापडाँडा निवाशि मृतक सदस्य आषा नेपाली (सुनार)को परिवारलाई संस्थाले सोमबार नगद रु २५ हजार तथा समबेदना पत्र प्रदान गरेको हो ।अध्यक्ष नेत्रमणी आचार्यको नेतृत्वमा संस्थाको एक टोलीले मृतक सदस्यको घरमै पुगेर राहत कोष सहयोग उपलव्ध गराएको छ ।

संस्थाको स्वीकृत बार्षिक कार्यक्रम अनुसार मृतक सदस्य राहत कोष सहयोग कार्यक्रम अन्तर्गत उक्त राहत प्रदान गरिएको संस्थाका अध्यक्ष नेत्रमणी आचार्यले जानकारी दिए । सदस्यको सुःख –दुःखमा साथ दिन संस्थाले सदस्य केन्द्रीत हरेक गतिविधी अघि बढाएको बताउदै सदस्यको निधन भई दुःखको बेला परिवारजनमा मलम पट्टि लगाउन सहयोग पुग्ने हेतुले सदस्य मृत्यू राहत कोष सहयोग कार्यक्रम अघि सारेको अध्यक्ष आचार्यले प्रष्ट्याए ।

फूलबारी बचत तथा ऋण सहकारी संस्था लि. र बिजयलक्ष्मी महिला बहुउद्धेश्यीय सहकारी संस्था लि. एकीकरण भई बनेको विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि. मा हाल ५ हजार ५ सय बढी सदस्य रहेको तथा संस्थाले सदस्यहरुको सेवालाई ध्यानमा राखी सदस्य मृत्यू राहत कोष , घाटखर्च सहयोग ,सुत्केरी भेटघाट, औषधि उपचार ऋण ,अस्पतालमा छुट,सदस्य बीमा, लगायतका कार्यक्रमहरु सञ्चालन गरेको संस्थाका व्यवस्थापक प्रकाश वैद्येले बताए । संस्थाले सदस्यहरुको सेवाका लागि मोबाइल बैंकिङ्ग सेवा समेत सञ्चालन गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page