समय : ०२:५० am | सोमबार , कार्तिक ११ गते २०८१

प्यूठानका लायन्स क्लवहरुद्धारा वृक्षारोपण

स्वर्गद्वारी अपडेट | असार १७ गते २०८१


प्रकाश बैद्य
,प्यूठान असार १७ गते ।
प्यूठानमा क्रियाशिल लायन्स क्लवहरुले आज सोमवार वृक्षारोपण गरेका छन् ।
लायन वर्ष २०२४,२०२५ को अवसरमा जुलाई एकका दिन लायन्सहरुको कार्यप्रारम्भ हुनेदिनकोअवसर पारेर लायन्स क्ल्वहरुले वृक्षारोपण गरेका हुन् ।

लायन्स क्लव अफ प्यूठान,लायन्स क्लव अफ प्यूठान भित्रिकोट र लायन्स क्लव अफ प्यूठान हरिओमले सहिद पार्क गाँजुरीमा वृक्षारोपण गरेका छन् भने लायन्स क्लव अफ प्यूठान फूलवारीले खैरामा वृक्षारोपण गरेको छ ।
लायन्स क्लवअफ प्यूठान फूलवारीका अध्यक्ष निर्मला पोख्रेलको नेतृत्वमा प्यूठान नगरपालिका वडा न. १ खैरा स्थित शिवालय मन्दिर परिसर ,भुवनेश्वरी मा.वि. खैरा परिसर र झिमरुक करिडोरमा वृक्षारोपण गरिएको छ ।

डिभिजन बन कार्यालय प्यूठान ,फूलवारी एकीकृत ग्रामीण विकास संस्था नेपाल खैरा ,फाँट संरक्षण समिति खैरा ,भुवनेश्वरी उच्च मा.वि. खैराको सहकार्यमा खैरामा ५ सय विरुवा रोपण गरिएको लायन्स क्लव अफ प्यूठान फूलबारीकी अध्यक्ष निर्मला पोख्रेलले बताइन् । खयर ,सिसौ तथा विभिन्न जातका फूलहरुका वृक्ष रोपण गर्ने कार्यक्रममा लायन्स क्लव अफ प्यूठान फूलबारीका सदस्यहरु, भुवनेश्वरी उच्च मा.वि. खैराका शिक्षक तथा विद्यार्थीहरु ,फूलबारी एकीकृत ग्रामीण विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु,स्थानीयवासीहरुको सक्रिय सहभागिता रहेको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्