समय : ०२:५० am | सोमबार , कार्तिक ११ गते २०८१

प्यूठान नगरस्तरीय किशोरकिशोरी प्रथम सम्मेलन

राधिका भुषाल | असार १५ गते २०८१

प्यूठान । प्यूठान नगरपालिकामा प्रथम नगरस्तरीय किशोरकिशोरी सम्मेलन भएको छ । “किशोरकिशोरी मैत्री स्थानिय सरकार, सुनिश्चित भविष्यको सुरुवात” भन्ने मुला नारा सहित प्रथम सम्मेलन भएको हो ।
प्यूठान नगरपालिकाको सभाहल विजुवारमा नगर उपप्रमुख देवेन्द्र वर्माको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख वर्माले किशोरकिशोरीलाई सिप सिकाउनु पर्ने बताएका छन् । ‘भौतिक पूर्वाधार विकासलाई मात्रै विकास मान्ने बानी बसिसक्यो हाम्रो ।’ उनले भने–‘अब हाम्रा कार्यक्रम तथा बजेटहरु उद्यमशीलता र सिप सिकेर आय आर्जन गर्न तर्फ लौजनु पर्छ ।’ हरेक चिजमा नकारात्मक टिकाटिप्पणी मात्रै देखिन थालेकोले हामीमाथी योगदान गरेकाहरुलाई धन्यवाद पनि दिन सक्नुपर्ने उनले बताए ।
कार्यक्रम प्यूठान नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले २० वर्षमुनी किशोरी गर्भवती हुनेको संख्या बढि भएकाले उच्च बालमृत्यदर हुनसक्ने बताए । प्यूठान नगरपालिकाको जम्मा जनसंख्या मध्ये २० प्रतिशत किशोरकिशोरीको संख्या रहेको बताउदैं बालबिबाह रोख्न किशोरकिशोरीको सक्रिय भुमिका रहने उनले बताए । पालिका भित्र रहेका स्वास्थ्य संस्था, विद्यालयहरुलाई किशोरकिशोरी मैत्री बनाउन थालिएको समेत उनले जानकारी दिए ।


त्यस्तै कार्यक्रममा बोल्दै यूएसएआइडीका कर्मचारी माधव खनालले स्थानिय सरकारसंगै सहकार्य गरेर प्यूठान जिल्लाका ५ स्थानिय तहहरुमा कार्यक्रम गर्न लागेको बताए । विद्यालयहरुमा किशोरकिशोरीको अवस्था, स्वास्थ्य संस्थाहरुमा खोपनियाताको अवस्था, किशोरे किशोरी प्रति गरिने व्यवहार लगायतमा केन्द्रित गरी कार्यक्रम गर्दै आएको बताए । कार्यक्रममा हाल समाजमा क्षेत्रमा देखिएका समस्या बारे खुल्ला छफलफ गरिएको थियो । ऋषी न्यौपानेको सहजीकरणमा किशोरकिशोरीहरु छलफलमा सक्रिय सहभागी भएका थिए भने उनीहरुले सोधिका प्रश्नको जवाफ सम्बन्धित पक्षले दिएको थियो। यूएसएआइडी किशोरकिशोरी प्रजनन स्वास्थ्य कार्यक्रम अन्तर्गत स्थानीय सरकार सँग समन्वय गरेर कार्यक्रम गर्न लागेको हो ।
यूएसएआइडीको र प्यूठान नगरपालिकाको आर्थिक सहयोग र प्यूठान नगरपालिका स्तरीय जनप्रिय युवा क्लव, सकृय महिला युवा क्लवको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता नगरपालिका स्तरीय युवा क्लवका अध्यक्ष तारा बहादुर घर्ती मगरको थियो भने सञ्चालन सचिव सन्तोष सुनारले गरेका थिए । कार्यक्रममा बालबिबाह विरुद्ध सडक नाटक, गित नृत्य, र कविताहरु प्रस्तुत गरिएको थियो । विजुवार मित्रमणी चोकबाट प्ले कार्ड ¥यालीसंगै सूरु भएको कार्यक्रम १३ बुँदे घोषणा पत्र जारी गर्दै सम्मेलनको समापन गरिएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्