समय : ०२:५० am | सोमबार , कार्तिक ११ गते २०८१

प्यूठानबाट एसईई दिएका ३ हजार ७ सय ३५ विद्यार्थीमा ४ सय ४४ जना उतिर्ण

सन्तोष सुनार | असार १३ गते २०८१

प्यूठान । २०८० सालको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा आज सार्वजनिक भएको छ । प्यूठानबाट एसईई दिएका ३ हजार ७ सय ३५ विद्यार्थी मध्ये ४ सय ४४ जना मात्र उत्र्तिण शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख दुर्गा खड्काले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए ।

जिल्लामा अहिले नजिताको विश्लेष्ण गर्ने काम भइरहेको प्रमुख खड्काले बताए ।यो नतिजा अनुसार १२ प्रतिशत मात्र विद्यार्थी उत्र्तिण भएका छन् । प्यूठानबाट ३० जनाले ए प्लस ग्रेड प्राप्त गरेका छन् ।
प्राविधिक धारतर्फको नजिता तयार गर्ने काम भइरहेको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्