समय : ०५:५१ am | शनिबार , श्रावण १२ गते २०८१

आरन पेशाबाट मासिक ३० हजार आम्दानी गर्दै तुकमान

सन्तोष सुनार | पौष ६ गते २०८०

प्युठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ६ धनचौर पातिखर्कका तुकमान विश्वकर्माले आरन पेशाबाट मासिक ३० हजार आम्दानी हुने बताए ।

बाउ, बाजे तथा आफ्नो पुर्खाहरुले गरेको आरन पेशा उनले समाल्दै आएको उनको भनाई रहेको छ । आफ्नो बालापनको उमेरमा विद्यालयको समय बाहेक बाँकी समयमा बुबालाई काममा सघाउने उनले भने । विश्वकर्मा युवा अवस्था पुगेपछि घरको आर्थिक अवस्था निकै न्युन रहेकाले भारत पुगेको सुनाए । केहि समयपछि भारतबाट फर्केर स्वदेश आएपछि घरजम गरी फेरी रोजगारी गर्नको निम्ति भारत फर्केको उनले सुनाए । उनि ३१ वर्ष हुँदा आरन पेशालाई आफ्नो जिवन यसैबाट चलाउने निर्णय गरेको बताए । विश्वकर्माले निरन्तर दश वर्ष आरन व्यवसायबाट जिबिको पार्जन गरेको स्वर्गद्वारी अपडेटसँग गरेको कुराकानीमा बताए ।

४१ बर्षबाट जिल्लाको प्युठान नगरपालिका ३ जुम्री बसपार्क विजयफुलबारी भवनको छेउमा जग्गामा भाडामा लिएर मासिक आठसयमा वरिपरी बाँसले बारेर टिनले छानोमा सानो टहरामा फलामका विभिन्न औजारहरु टुकटुक पारेर मर्मत गर्दै सेवा ग्राहीलाई सेवा दिदै आएका छन । उनले घरमा प्रयोग हुने फलामका विभिन्न औजार जस्तै हसिँया , कोदालो , खुकुरी , फरुवा गैटी , साप्लो , दाबु , भुच्चड लगाएतका औजारहरु मर्मत गर्ने गर्दछन । नयाँ औजारहरु अर्डर अनुसार मात्र गराउने गरेको विश्वकर्माले बताए ।

विश्वकर्माले प्युठान नगरपालिकाको ओखरबोट, मान्द्रेचौर , ढुङ्गेठाटी , कुवापानी , मट्याङ पोखरा , चिथिखोला , आरनेटा , बर्जिबाङ, पाण्डेडाडाँ, दल्सिम्ला, रातामाटा लगाएतका ठाउँहरुबाट औजारहरु लिएर सेवाग्राही आउने गरेको बताए । उनले औजारहरुको मर्मत गर्दा हसिँयाको ५० देखी १ सय ५० सम्म , कोदालो ८०देखी १ सय २० सम्म, बन्चारो १ सय २० देखी २ सय रुपैयाँ सम्म शुल्क लिएको बताए । उनको चैत, बैशामा गहुँ काट्ने सिजन र भदौ, अशोज धान काट्ने सिजनमा बढि आम्दानी हुने विश्वकर्माले बताउछन ।

औजारहरु मर्मत गर्दा लाग्ने कोइलाहरु गाउँघरबाट एक कट्टाको २ सय ५० रुपैयाको दरले खरिद गरेको उनले बताए ।बस्नको लागी महिनाको २ हजार ५ सय भाडा तिरेर कोठा लिएर बसेका छन। उनको परिवारमा छ सदस्य हुन ।

उनी , श्रीमती, दुई छोरी र दुई छोरा रहेका छन । जेठी छोरी प्लस टु पास गरेर विवाह गरेको, एक छोरी मुक्ति मा. वि .रातामाटामा कक्षा एघारमा अध्ययनरत , दुई छोरामा जेठोले दश कक्षामा र कान्छोले आठमा पढ्दै गरेको विश्वकर्माले बताए । यिनै सबै खर्चहरु कटाएर महिनामा ३०–३५ हजार आम्दानी हुने बताएका छन । उनी औजारहरु मर्मत गर्न आरनमा बिहान ८ बजे देखि साझँ ६ बजेसम्म बस्ने गर्दछन । उनी अहिले ४४ वर्ष पुगेका छन ।

उनले भने “ स्थानीय तहहरुले नयाँ–नयाँहरु औजारहरु बनाउने तालिमहरुको व्यवस्थापन गरीदिए सहज हुने बताउदै औजारहरु निर्माण गर्ने मेसिनको उपलब्ध र आरन व्यवसायीलाई समय समयमा सम्मान र पुरस्कारहरुको व्यवस्था गरेमा आरन व्यवसायमा हौसला मिल्ने बताए । ”

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page