समय : ०८:४२ am | शनिबार , श्रावण १२ गते २०८१

सबैभन्दा ठुलो सहनशक्तिको मानक आमा

स्वर्गद्वारी अपडेट | वैशाख ७ गते २०८०
बबिता रिजाल आमा आज मैले तिमीलाइ पुज्ने दिन अर्थात् माता तिर्थ औँसि बर्षभरि तिमी मलाई पुज्यौ। आज मैले तिमीलाइ पुज्ने दिन तिम्रो मुख हेर्ने दिन।। पहिले तिम्रो लागि शास्त्रमा अनेकौं शब्दहरु खर्चिए पृथ्वी र धरातल सँग तिमीलाई दाँजियो अहिले , फेसबुक , टिकटक जस्ता सामाजिक सञ्जालमा तिम्रै तस्बिरहरू टाँसिए अनेकौं शब्द रचिए तिम्रो नाममा तर कुनै पनि शब्दले तिम्रो पुर्ण परिचय दिन सकेन । किनकि तिमी भगवानको अर्को रुप हौ आज उनै भगवानको दर्शन गर्ने दिन ।। तिम्रो नौ महिना लामो आन्तरिक संघर्ष र प्रसव पीडा सबैभन्दा ठुलो सहनशक्तिको मानक हो यो संसारमा एउटामात्र त्यस्तो दिन छ जुन सन्तान रुदा आमा मुस्कुराउछिन् आज उनै आमालाई पुज्ने दिन म लड्दा जसको नाम लिन्छु म रुँदा जसलाई सम्झन्छु ।। जो मेरो आधार , हिम्मत , संसार र भगवान् हो जसले मेरो एक मधुर चिच्याहटमा हजारौं कोषिका चुँडिएको कठोर पिडालाइ भुलिदियो , जसले आफुलाइ टुक्र्याएर मलाई सिङ्गो जीवन दियो , आज उनैको मुख हेर्ने दिन  ।। आज मैले तिम्रो मातृत्व शब्दमा वर्णन गरेर हैन तिमीलाई महङ्गो उपहार दिएर हैन बाहिरी खुसि दिएर हैन ।। म त जति माया तिमीले मलाई दियौ त्यति माया म तिमीलाई दिन पाउँ साथै बाँचुञ्जेल तिम्रो माया र ममताको भिख माग्दै तिमीलाई पुज्न चाहान्छु अर्थात तिम्रो मुख हेर्न चाहान्छु।। मातातिर्थ औंसिको शुभकामना आमा ❤️

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page