रोल्पा।शून्य बेरुजुमा स्वास्थ्य कार्यालय रोल्पा लुम्बिनी प्रदेशमा प्रथम भएको छ।
आर्थिक बर्ष २०७५/७६ देखि आर्थिक बर्ष २०८०/८१ सम्म शुन्य बेरुजुको अवस्थामा रही लुम्बिनी प्रदेशमा प्रथम भएको हो ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका ४३ स्वास्थ्य कार्यालयहरु मध्य बेरुजुको समीक्षा गोष्ठी तथा शून्य बेरुजु प्रोत्साहन कार्यक्रम स्वास्थ्य कार्यालय रोल्पा प्रथम भएर प्रशंसा पत्र प्राप्त गरेको छ ।
