समय : १०:४६ am | सोमबार , जेठ ५ गते २०८२

प्युठानको एक होटलमा खाजा खाँदा १७ जना बिरामी  

लव कुमार अधिकारी | कार्तिक २ गते २०८१

प्युठान।प्युठानको एक होटलमा खाजा खाँदा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सहित १७ जना बिरामी परेका छन्।

माण्डवी गाउँपालिका -३ लामाचौर स्थित आकाश होटल तथा फ्रेस हाउसमा खाजा खाएका ग्राहकहरु बिरामी भएका हुन्।खाजा खाएर बिरामी भएकाहरु जिल्ला अस्पताल प्युठान,रिलेशन पोलिक्लिनिक जस्पुर र प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा उपचारको लागि  भर्ना भएको माण्डवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रूव पोखरेलले जानकारी दिए।३ जना बिरामीको अवस्था गम्भीर रहेको हुँदा तत्काल उपचारको लागि स्वास्थ्य संस्था पुर्याए संगै हाल भने सबै बिरामीको अवस्था सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख पोखरेलले बताए।   

असोज ३० गते बेलुकाको समयमा खाजा खान गएका ग्राहकहरु बिरामी परेका थिए।२ जना प्रहरी,१ जना स्वास्थ्यकर्मी र १४ जना सर्वसाधारणले खाजामा चाउमिन खाएको  सो होटल संचालक डोर बहादुर खत्रीले जानकारी दिए। ३ वर्ष अघि देखि सोहि ठाउँमा  होटल संचालन गर्दै आएको बताउदै हाल सम्म यस्तो घटना नभएको संचालक खत्रीले बताए।

यो घटना बाहिरिए संगै माण्डवी गाउँपालिले उक्त होटलको अनुगमन गरि केहि खाध्य सामाग्रीहरु जफत गरेको शाखा प्रमुख पोखरेलले जानकारी दिए।     

यो पनि पढ्नुहोस्