प्युठान।लायन्स क्लव इन्टरनेश्नलले प्युठान जिल्ला अस्पताललाई १ करोड बढी रकम सहयोग गरेको छ।प्युठान अस्पलालमा डायलासिस सेवा संचालन गर्नको उक्त रकम सहयोग गरेको हो ।
शनिवार प्युठान नगरपालिका-४ जुम्री स्थित आयोजीत एक कार्यक्रममा लायन्सका क्लवका निवर्तमान गर्भनर MJF लायन मुकुट ढकालले जिल्ला समन्वय समितीका प्रमुख धरम जिसि र प्युठान अस्पताल बिकास समितीका अध्यक्ष बिजय बिराज विस्टलाई संयुक्त रुपमा एक करोड ३० लाख २७ हजार ५ सय ४७ रुपियाँ बराबरको चेक हस्तान्तरण गरेका थिए।
डायलासिस परियोजना अन्तर्गत ७५ प्रतिशत लागत रकम लायन्सले उपलब्ध गराएको हो। स्थानीय सरकारले ब्यहोर्ने २५ प्रतिशत रकम उठ्न बाकी छ । ५/५ लाख सहयोग गर्ने जिल्लाका स्थानीय तहको प्रतिबद्धता छ।
जिल्लाम यो सुबिधा नहुदा बिरामी लमही, नेपालगन्ज, बुटवल जानुपर्ने बाध्यता छ ।
लायन्सले प्युठान अस्पतालाई एक बढी करोड सहयोग

