समय : ०५:५८ pm | बुधबार , असाेज २ गते २०८१

प्युठानमा फार्मेसी दर्ता गरि क्लिनिक संचालन

स्वर्गद्वारी अपडेट | श्रावण २८ गते २०८१

प्युठान।जिल्ला प्रशासन कार्यालय प्युठानले सरुमारानी गाउँपालिकाको बजार क्षेत्रमा अनुगमनका क्रममा अवैध रुपमा सञ्चालनमा रहेका शोभा  स्वास्थ्य क्लिनिकमा सिल गरेको छ।

सोमबार सरुमारानी गाउँपालिका–४ बडडाडामा दर्ता नगरी सञ्चालनमा ल्याइएको शोभा स्वास्थ्य क्लिनिकमा सिलबन्दी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्युठानका लक्ष्मीदेवी शर्माले जानकारी दिईन।फार्मेसीका लागि इजाजत लिइएको शोभा फार्मेसीसँगै एक वर्षदेखि शोभा स्वास्थ्य क्लिनिक सञ्चालन गरेका थिए । 

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग विकास कार्यालय र सरुमारानी गाउँपालिकाको संयुक्त अनुगमनबाट बडडाँडा बजार क्षेत्रमा अनुगमन गर्दा म्याद गुज्रेका सामग्रीहरू विक्रीका लागि राखिएको पाइएको छ ।

अनुगमन टोलीले एक दर्जनभन्दा बढी होटल, किराना पसलको समेत अनुगमन गरेको थियो।सो क्रममा अधिकांश पसल दर्ता गरेरै सञ्चालनमा रहेको पाइएको र केही पसलले भने म्याद नाघेको पेय पदार्थ बिक्री गरेको भेटिएका थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्