समय : ०८:४१ am | शुक्रबार , कार्तिक २ गते २०८१

माण्डवीमा अस्पतालको भवन निर्माण अन्तिम चरणमा

स्वर्गद्वारी अपडेट | जेठ २१ गते २०८१

प्युठान। माण्डवी गाउँपालिकाको देबिस्थानमा सुबिधा सम्पन्न अस्पताल तिब्र गतिमा निर्माण हुदैछ।

२०७७ सालमा सरकारले देशभरीका ३ सय ९६ पालिकामा १५ शय्याका आधारभूत अस्पताल बनाउने योजना अघि सारेको थियो।सोही अनुरुप देबिस्थानमा स्थानीय सरकारले अस्पताल निर्माण गरिरहेको छ।

कूल १५  शय्याको आधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन यतिबेला धमाधम निर्माण भईरहेको छ । स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार  १५ शय्याको भवन २ वर्ष ६ महिना अगाडी प्रक्रियामा गए पनि निर्माणको काम भने आर्थिक वर्ष ०७७  /७८ देखी सुरु गरेको पालिकाका प्राबिधिक शाखाका  ईन्जिनियर हेमराज बस्नेतले बताए। “ अस्पतालको ८५ प्रतिशत काम सम्पन्न भएको छ।” उनले भने –“ अस्पताल निर्माणमा १७ करोड ६२ लाख (कर सहित) रकम  निर्माण व्यवसायी महादेव खिम्ती –आशु -मल्लरानी जेभी बिजुवार प्युठान संग सम्झौता भई निर्माण कार्यको अन्तिम चरणमा रहेको छ ।”  संघीय सरकारको आवस्यक बजेट समयमा बिनियोजन नभएको कारण चालुआर्थिक २०८१ असार मसान्त सम्म कार्य संम्पन्न गर्नु पर्ने भएतापनि म्याद थप प्रकिया रहेको इन्जीनियर बस्नेतले बताए।      

कोभिड महामारीबाट सिकेको अनुभवको आधारमा भावी दिनमा यस्ता महामारीको सहज व्यवस्थापनका लागि सक्षम र प्रभावकारी स्वास्थ्य प्रणालीको विकास गर्ने माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले बताए।उनले भने –"यस अस्पतालबाट विशेषज्ञ सहितको सेवा प्रवाह हुने हो।"तर कर्मचारी व्यवस्थापन भने थप चुनौती पनि रहेको अधिकृत पाण्डेको भनाई छ।"    

माण्डवी गाउँपालिकामा कुल ५ वटा स्वास्थ्य चौकी र ३ वटा सामुदायिक स्वास्थ्य ईकाईबाट सेवा प्रवाह भएको पालिकामा बिरामीहरुको सेवा दिदै आईरहेको स्वास्थ्य प्रमुख पोखरेलले बताए ।

पालिकाको कुल जनसंख्या १५ हजार  ८ सय ६३ र ५ वडा रहेको छ।निर्माण सम्पन भए यस भेगका बिरामीहरुलाई प्युठान जिल्ला अस्पताल धाउन पर्ने छैन।         

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्