समय : ०९:४३ am | शनिबार , श्रावण १२ गते २०८१

स्वर्गद्वारीमा नि:शुल्क आँखा शिबिरमा ५ सय ७३ जनाको आँखा जाँच

स्वर्गद्वारी अपडेट | फागुन १८ गते २०८०

प्युठान।स्वर्गद्वारी नगरपालिकामा ४ दिने नि:शुल्क आँखा शिबिर सम्पन्न भएको छ।
तिलगंगा आँखा प्रतिष्ठान सर्जिकल आँखा केन्द्र सिसहनिया दाङको समन्वय तथा सहयोगमा स्वर्गद्वारी नगरपालिकाको आयोजनामा उक्त शिविरमा ६० वर्ष माथिका जेष्ठ नागरिकहरु ५ सय ७३  जनाले निःशुल्क आँखा जाँच गराएको नगरपालिकाले जनाएको छ।

चार दिन सम्म चलेको उक्त आँखा जाँच शिविरमा १ सय १० जनाको आँखामा मोतियाबिन्दुको बिरामी फेला परेको स्वर्गद्वारी नगरपालिकाको स्वास्थ शाखा प्रमुख दल बहादुर के.सीले बताए।

शिविर अवधिभर मोतियाबिन्दुको समस्या देखिएका बिरामीहरुको फागुन २९ र ३० गते तिलगंगा आँखा प्रतिष्ठान सर्जिकल आँखा केन्द्र सिसहँनिया दाङमा मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया गरिदिने स्वास्थ शाखा प्रमुख केसीले जानकारी दिए।

नगरपालिकाको ६ वटा वडाहरुमा संचालन भएको आँखा शिविर माघ १३ गते पहिलो चरण र फागुन १४ देखि १८ गते सम्म दोस्रो चरणमा शिविर संञ्चालन गरिएको हो।साथै शिविरमा नेपाल सरकाले निर्धारण  गरेको ७० बर्ष माथिका स्वास्थ्य बिमा गराउन छुटेका ४३ जना जेष्ठ नागरिकहरुको नि:शुल्क स्वास्थ्य बिमा गरिदिएको स्वास्थ शाखा प्रमुख केसीले बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page