समय : ०२:१० pm | शनिबार , श्रावण १२ गते २०८१

नौबहिनीमा आइतबार देखी दादुरा–रुबेला बिरुद्दको खोप अभियान सुरु हुने  

स्वर्गद्वारी अपडेट | फागुन ११ गते २०८०

प्युठान।नौबहिनी गाउँपालिकाले फागुन १३ गतेदेखि १७ गते सम्म दादुरा-रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । दादुरा-रुबेलाको सङ्क्रमणको जोखिमलाई कम गर्न गाउँपालिकाको सम्पूर्ण वडामा खोप अभियान सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष डिल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख रिशिराम शर्माले अभियानको बारेमा जानकारी गराएका थिए।

पालिकाभित्र रहेका ३२ वटा खोपकेन्द्र बाट खोप संचलान गरिने छ। पालिकामा रहेका ३ हजार ६ सय १४ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख शर्माले बताए।जिल्लाका स्थानीय तहहरुमध्ये नौबहिनीमा सवैभन्दा बढी ९ महिनादेखी ५ वर्ष मुनिका बालबालिका रहेका छन्।बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप लगाइनेछ। यस्तै ८ वटै वडाका ९ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियानमा सहभागी हुनेछन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page