समय : ०७:०४ am | मङ्गलबार , भाद्र २५ गते २०८१

माण्डवीमा दादुरा–रुबेला खोप सोमबार देखी संचालन हुने

स्वर्गद्वारी अपडेट | फागुन ११ गते २०८०

प्युठान।माण्डवी गाउँपालिकाले फागुन १४ गतेदेखि १८ गते सम्म दादुरा-रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । दादुरा-रुबेलाको सङ्क्रमणको जोखिमलाई कम गर्न गाउँपालिकाको सम्पूर्ण वडामा खोप अभियान सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । 

शुक्रबार पालिकाले एक कार्यक्रम गर्दै दादुरा-रुबेलाको अभियानमा पालिका भित्रका ५ वटै वडामा रहेका ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइने माण्डवी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ध्रुव कुमार पोखरेलले बताए। 'पालिकाको तिराम स्वास्थ्य चौकी, मर्कवाङ स्वास्थ्य चौकी,देवीस्थान स्वास्थ्य चौकी,उदयपुरकोट स्वास्थ्य चौकी र रम्दी स्वास्थ्य चौकीमा खोप केन्द्र संचालन गरिने छ।' उनले भने-'पालिकाले २५ ठाउँमा खोप केन्द्र स्थापना गरेको छ।' ४ दिन सम्म संचालन हुने शिबिरमा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई अविभावकहरुले अनिवार्य रुपमा उपस्थित गराउन आग्रह समेत गरेका शाखा प्रमुख पोखरेलको भनाई छ। 

कार्यक्रममा गोष्ठीको उद्देश्य,खोप कार्यक्रमको चुनौती,अभियानमा दिईने खोपहरु,खोप टोलीको निर्धारण र खोप सेवा संचालन लगाएतका बिषयमा शाखा प्रमुख पोखरेलले प्रस्तुत गरेका थिए।          

खोपको अन्तिम दिन वडामा रहेका स्वास्थ्य चौकीहरुमा खोप अभियान संचालन हुनेछ।बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप लगाइनेछ। यस्तै ५ वटै वडाका ९ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियान सहभागी हुनेछन्।

खोप संचालन हुने स्थानहरु -

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्