समय : ०६:३२ am | शनिबार , श्रावण १२ गते २०८१

अध्यक्ष कार्कीद्वारा सल्लिकोट वासीलाई शौचालय सिट सहयोग

स्वर्गद्वारी अपडेट | फागुन ५ गते २०८०

प्युठान।माण्डवी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष धनेन्द्र कार्कीले शनिबार एक कार्यक्रम गरि १६ घर धुरीलाई शौचालय सिट सहयोग गरेका छन्।

माण्डवी गाउँपालिका वडा नम्बर ३ सल्लिकोटमा आर्थिक अभावका कारणले शौचालय निर्माण गर्न नसकेका १६ घर परिवारलाई शौचालय सिट सहयोग गरेको अध्यक्ष धनेन्द्र कार्कीले बताएका छन्।'सल्लिकोट बस्तीमा ६० घरधुरी रहेका छन् जसमध्ये १६ घरधुरीले शौचालय बनाएका थिएनन्।' उनले भने –'मैले पाउने सेवा सुबिधाबाट त्यस बस्तीका १६ घरधुरीमा शौचालय सिट सहयोग गरेको छु।' आफु वडा अध्यक्ष भएसंगै वडा भित्रमा बिपन्न तथा आर्थिक रुपमा कमजोर भएका घर परिवारलाई बिभिन्न प्रकारका सहयोग गर्दै आएको उनको भनाई छ।   

प्युठान जिल्ला धेरै पहिला खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भईसकेपनी सल्लिकोट बस्तीमा १६ घरधुरीमा शौचालय निर्माण भएका थिएनन्।वडा अध्यक्ष कार्कीले प्रत्येक शनिबार चुलोचौकोमा जनप्रतिनिधि कार्यक्रम संचालन गर्दै आईरहेका छन्।

त्यसै गरि प्युठानका अन्य स्थानीय तहहरुले पनि आफ्नो क्षेत्रमा शौचालय निर्माण नभएका बस्तिहरुलाई पहिचान गरि खुल्ला दिशा मुक्त घोषणा गर्न जरुरी छ।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page