समय : ०८:२८ am | शनिबार , श्रावण १२ गते २०८१

प्यूठानमा सपर्दशं उपचार केन्द्रले १७ विरामीको ज्यान बचाउन सफल

सन्तोष सुनार | माघ २७ गते २०८०
प्यूठान । प्यूठानमा सपर्दशं उपचार केन्द्रले १७ विरामीको  ज्यान बचाउन सफल भएको छ।जिल्लाको स्वर्गद्वारी नगरपालिका ९ लामाचौर कच्छारा स्थित रहेको सर्पदशं उपचार केन्द्रले विभिन्न सर्पले टोकेका प्यूठान तथा रोल्पा जिल्लाका गरी सत्र वटा विरामीको  ज्यान बचाउन सफल भएको  स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य प्रमुख दल बहादुर केसीले  स्वर्गद्वारी अपडेटलाई जानकारी दिए । सर्पले टोकेका विरामीहरुको उपचारका लागी कपिलबस्तुको गोरसिङ्गे सर्पदशं उपचारबाट हेमराज पौडेल र सम्झना थापाले तालिम लिई उनीहरुले नै अहिले उपचार गर्ने गरेको तथा विरामीहरु आउदा लामाचौरबाट दुईजना सेना पनि आई उपचारमा सहयोग गरेको केसिले बताए । 

ज्यान बाच्न सफल भएका विरामीहरु स्वर्गद्वारी नगरपालिकाका ८ जना, प्यूठान नगरपालिका १ जना,नौबहिनी गाउँपालिका १ जना,ऐरावति गाउँपालिका २ जना,मल्लरानी गाउँपालिका २ जना र रोल्पाको ३ जनाको उपचार गरिएको हो।विरामी आएपछि सुरुमा अक्जोररेक्सन राख्ने र कुन सर्पले टोकेको भनी लक्षणको आधारमा उपचार गर्ने गरेको हेमराज पौडेलले बताए।सर्पले टोकेको विरामीहरुले श्वास फेर्न गाहे हुने,आँखाको लोती खस्ने तथा घाटी दुखेको समस्याहरु भएमा विषालु सर्पले टोकेको भनी थाहा हुने पौडेलले बताए । विरामीलाई टि.टी खोप दिने,एन्टिभाइटममा दिने गरिएको छ । विरामीहरु उपचार गर्दा हरियो सर्पहरुले टोकेको विरामीहरुको उपचार गरिएको सम्झना थापाले बताइन ।

जिल्लामा एक मात्र सर्पदशं उपचार रहेकाले यसलाई सबै स्थानीय तहले व्यवस्थित र सुदृढ बनाउन सहयोग गर्नुपर्ने स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीले बताए। कसैलाई सर्प टोकेपछि डराउने तथा नआत्तिने र उपचार हुन्छ भनी मनमा साहस लिन विरामीलाई नगरप्रमुख भण्डारीले आग्रह गरेका छन । सर्पदशं उपचार केन्द्रको उद्घाटन प्यूठानका लुम्बिनी प्रदेशका सांसद तुल्सिराम शर्माले गत भदौमा गरेका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page