समय : १०:११ am | शनिबार , श्रावण १२ गते २०८१

प्यूठानमा कोभिड –१९ विरुद्ध फाईजर बायोएनटेक खोप लगाइदै

सन्तोष सुनार | माघ २२ गते २०८०


प्यूठान । जिल्लामा कोभिड –१९ विरुद्ध फाईजर बायोएनटेक खोप लगाइने भएको छ ।

सोमवार स्वास्थ्य कार्यालय प्यूठानले बाह्र बर्ष भन्दा माथिका उमेर समुहका मानिसहरुलाइ कोभिड –१९ विरुद्ध फाईजर बायोएनटेक खोप लगाउने बारे जिल्लामा रहेका सञ्चार कर्मिहरु सँग अन्तिरक्रिया कार्यक्रम राखी जानकारी गराएको हो । प्यूठानका नौ वटै स्थानीय तहमा खोप पुगी सकेको समेत स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । खोप मङ्गलवार प्रत्येक स्थानीतहको वडाहरुमा पुग्ने र यहि माघ २४ देखी २८ गते सम्म लगाउने स्वास्थ्य कार्यालय प्यूठानका निमित्त मधुसुधन खड्काले बताए । खोप बाह्र वर्ष भन्दा कम उमेरकालाई लगाइने छैन । त्यसैगरी कोभिड संक्रमितलाई पनि नलगाउने तर बाह् वर्ष भन्दा माथिका उमेरकालाई लगाइने छ ।

खोप केन्द्रमा खोप सम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मी एक जना , स्वास्थ्य स्वयम् सेविका एक जना पुरुष र महिला , प्रत्येक संघ संस्थाबाट ए.इ .एफ आई अनुगमनको एक जना जनशक्ति खटिनेछन । खोप वडा हुदै नजिकका विद्यालयमा पनि लगाइने छ । प्यूठानमा एक्चालिस हजार सत्तरी फाईजर बायोएनटेक खोप आएको छ । यस भन्दा पहिले यो खोप पाचँ वर्ष देखी नौ वर्षसम्मका बालबालिकालाई लगाइएको थियो । त्यसैगरी आउदो फागनु १३ गते दादुरा खोप पनि लगाईने भएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंंघ जिल्लामा शाखाका प्यूठानका अध्यक्ष सञ्जय रिजाल , केन्द्रिय सदस्य सुशिल पोख्रेल , पूर्व अध्यक्ष गीरु प्रसाद भण्डारी , सचिव प्रकाश वैद्य तथा जिल्लमा विभिन्न सञ्चारमा कार्यारत सञ्चारकर्मी तथा स्वास्थ्यकर्मीको उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन कोषल राज वैद्यले गरेका हुन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page