समय : ०८:३९ am | शनिबार , श्रावण १२ गते २०८१

युएसएआइडीद्धारा यूवाको अगुवाईमा समुदायको स्वास्थ्यको प्राप्तङ्ग बोर्डको बारेमा तालीम

सन्तोष सुनार | माघ १० गते २०८०


प्यूठान । प्यूठानमा यूएसएआइडी किशोर किशोरी प्रजनन् स्वास्थ्य र युवाको अगुवाई समुदाय स्वास्थ्य प्राप्तङ्ग बोर्डको बारेमा युवा तथा परियोजना कर्मचारीहरुको तालीम सुरु भएको छ ।

जिल्लाको स्वर्गद्धारी नगरपालिकामा रहेको स्वर्गद्धारी दर्शन होटेल भिङ्ग्रीमा प्यूठान नगरपालिका, झिमरुक गाउँपालिका , नौबहिनी गाउँपालिका , गौमुखी गाउँपालिका र स्वर्गद्धारी नगरपालिकामा रहेका युवा क्लव र महिला सञ्जालबाट एक पुरुष ,एक महिला र युएसएआइडीमा आबद्ध रहेर प्यूठान जिल्लामा कार्यरत कर्मचारीहरुका लागी माघ १० गते देखी १२ गते सम्म ३ दिनका लागी बुधरवार देखी तालिम सुरु भएको हो ।

कार्यक्रममा मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्रका कार्यकारी प्रमुख विजय श्रेष्ठलेले प्युठान जिल्लमा युवा तथा किशोर किशारीहरुमा धेरै समस्याहरु भएको बताएका थिए ।उनले भने - "पहिलो समस्या भनेको बालविाह हो , यो जिल्लामा मात्र नभई लुम्बिनी प्रदेमा मुख्य समस्याको रुपमा रहेको उनले बताए।" श्रेष्ठले बालविाहले गर्दा किशोरीहरुको प्रजनन स्वास्थ्यमा समस्याहरु देखिएको र लिनु पर्ने शिक्षाहरुबाट बन्चित रहेको बताउदै कलिलो उमेरमा बच्चाहर हुर्काउदै बसेको भेटिएको बताएका थिए । स्वास्थ्य सम्बन्धि जानकारी दिन नेपालमा स्वास्थ्यसंस्थाहरु बिहान १० बजे देखी ५ बजे बजेसम्म खुल्ने तर यिनीहरुको यो समय विद्यालय जानु पर्ने भएकाले पनि समयमा जाच गर्न नपाउदा समस्याहरु देखिरहेको श्रेष्ठले धारण राखेका थिए । यिनी समस्याहरु समाधान गर्न समाजमा रहेका देशका कर्णधार युवा तथा किशार किशोरीहरुलाई सक्रिय बनाएर थालनी गरेमा हुने समाधान रहेको भनाई छ ।

त्यस्तै कार्यक्रममा स्वर्गद्रारी नगरपालिका स्वास्थ्य प्रमुख दल बहादुर केसीले स्वास्थ्य भनेको सामाजीक , आर्थीक , शारीरिक , मानसिक र भावनात्मक रुपमा गुणस्तर रहनुलाई स्वास्थ्य भनिन्छ बताए । उनले भने -"घरमा तिन ‘स’ मा रहेर सफा रहेमा धेरै सरुवा रोगहरबाट बच्न सकिने समेत बताएका थिए।" जसमा सफा चर्पी , सफा भान्सा र सफा घरआगन र हराभरा करेसाबारी गराउने गरेमा स्वस्थ रहन सकिने बताएका हुन ।

युएसएआइडी जापनी सरकारबाट नेपालमा सन २०१० बाट केएर नेपालको साझदारी सुरु भएको संस्था हो । कार्यक्रममा युवा तथा किशोर किशारीहरुलाई परिचय, यौन शोषण , स्थानीतहको योजनाल तथा बजेट तर्जुमाका सात चरण सम्बन्धप्रति जानकारी , कार्यक्रमको लक्ष्य उदेश्य , स्वास्थ्य संस्थाहरुमा पाइने निशुल्क औषधी सम्बन्धि जानकारी , स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका भुमिका र जिम्वेवारी , स्थानीतहमा स्वास्थ्य संरचना सम्बन्धि र प्रजनन सम्बन्धि प्रशिक्षण नारायण श्रेष्ठ, ,माधव खनाल रजनी कान्त, सुर्य पौडेल ,मेलिना काफ्ले,,ऋषि न्यूपाने, भिम साउदले दिनु भएको हो भने विहिवार प्युठान नगरपालिकामा १ दाखाक्वाडी स्वास्थ्य चौकी भलापाटामा यिनै सम्बिन्धि प्रयोगात्मक गराउने यूएसइआइडी अन्तरर्गत प्युठान नगरपालिका र मल्लरानीमा कार्यरत मोनीका श्रेष्ठले जानकारी दिइन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page