समय : ०२:११ pm | शनिबार , श्रावण १२ गते २०८१

माण्डवी गाउँपालिका– १ पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा

राधिका भुषाल | पौष २७ गते २०८०

प्युठान । प्युठानको माण्डवी गाउँपालिका १ तिरामलार्ई पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा गरिएको छ । ‘सुरक्षित मातृत्व, हामी सबैको दायित्व, स्वास्थ्य संस्थामा हुने सुत्केरी दिगो बनाउँ सधैँभरी’ भन्ने मूल नाराका साथ शुक्रबार (आज) वडालाई पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा गरिएको हो ।

तिराम स्वास्थ्य चौकीले आयोजना गरेको घोषणा  कार्यक्रममा बोल्दै  माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले पालिकाले स्वास्थ्य क्षेत्रलाई मुख्य रुपमा लिएको बताएका छन् । ‘हामीले स्वास्थ्यमा राम्रै लगानी गरेका छौं ।’ पाण्डेले भने–‘लगानी अनुसारको परिणाम आउदा निकै खुसी लाग्दो रहेछ ।’  गर्भवती महिलाहरुको स्वास्थ्यलाई हामीलाई ध्यान नदिदा महिलाहरुको ज्यान जोखिममा पर्ने र  कलिलै उमेरमा विवाह गर्दा अझै समस्या निम्तिने गरेको उनले  बताए ।

माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी(रोशन)ले पूर्ण सुरक्षित मातृत्व सेवा प्रदान गर्न गाउँपालिकाले विभिन्न स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना, एम्बुलेन्सबाट सुत्केरी महिलाहरुलाई गन्तब्यमा पुर्या्इएको बताए ।

स्वास्थ्य संस्थामा आर्थिक वर्ष २०७९।०८० मा ४३ जना गर्भवती रहेकोमा ४१ जनाले स्वाथ्स्य संस्थामा सुत्केरी गराएका थिए । खरिवाङ, तिराम, धुरुगाँ, माझटोल, कार्तिके, दमारे, कुमालटार, सिमलचौर र थक्लेनीका जनसमुदायले स्वास्थ्य संस्थाबाट सेवा लिने गरेको तिराम स्वास्थ्य चौकी सिनियर अनमी बसन्ता केसीले जानकारी दिईन।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page