समय : ०१:१७ pm | शनिबार , श्रावण १२ गते २०८१

माण्डवी गाउँपालिका-३ पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा

स्वर्गद्वारी अपडेट | पौष २५ गते २०८०

प्युठान।प्युठानको माण्डवी गाउँपालिका ३ नयाँगाउँलाई पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा गरिएको छ।‘स्वास्थ्य चौकी अथवा अस्पतालमा बच्चा जन्माऔं आमा  र शिक्षा जीवन सुरक्षित गरौ’ भन्ने मूल नाराका साथ वडालाई पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा गरिएको हो । 

देवीस्थान स्वास्थ्य चौकीको आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथि माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी (रोशन)ले कार्यक्रममा मन्तव्य राख्दै सुरक्षित मातृत्व सेवायुक्त वडा घोषाणा गरेर मात्र नभई पूर्ण रुपमा व्यवहारमा लागु गर्नुपर्ने बताए।उनले भने-'भगवानले दिएको बरदान हो, जति जन्माए पनि हुन्छ’ भन्ने मानसिकताले सुत्केरी महिलाहरुको ज्यान जोखिममा परेको र कलिलै उमेरमा विवाह गर्दा समस्या हुने गरेको बताए । 

माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले पूर्ण सुरक्षित मातृत्व सेवा प्रदान गर्न गाउँपालिकाले विभिन्न स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना, निशुल्क एम्बुलेन्सबाट सुत्केरी महिलाहरुलाई गन्तब्यमा पुर्‍याइदै आएको उनको  भनाई छ। 

कार्यक्रममा उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीले भने-"सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा हुँदै गर्दा हामी जति स्वास्थ्यमा संबेदनशील भएर लागेका छौ त्यसै शिक्षामा पनि एकजुट हुनुपर्ने बताएका थिए।" अब छिटै पूर्ण सुरक्षित मातृत्व सेवायुक्त पालिका  घोषणाका हुने उपाध्यक्ष कालाथोकीले बताए।

कार्यक्रममा माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव कुमार पोखरेल,वडा १ का वडा अध्यक्ष बाम बहादुर बूढा, वडा ३ का वडा अध्यक्ष धनेन्द्र कार्की लगायतले मन्तव्य राखेका थिए।उक्त वडामा जस्पुरकोट,बेसी,देवीस्थान,आपचौर जाबुने,दारिमचौर,नयाँगाउँ,जस्पुर र मार्सिवाङ गाउँ पर्दछ।पालिकामा रहेका ५ वडामध्ये यस अघि वडा २ र ४ वडालाई पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा गरिसकेको छ। 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page