समय : ०५:४३ am | शनिबार , श्रावण ११ गते २०८१

गौमुखीमा विशेषज्ञ डाक्टरद्वारा निशुल्क स्वास्थ्य शिविर

स्वर्गद्वारी अपडेट | पौष ४ गते २०८०

जोगिन्द्र मल्ल,प्युठान। गौमुखी गाउँपालिकाले ठुलाबेसीमा विशेषज्ञ  डाक्टरहरुबाट  बुधबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।    

गौमुखी गाउँपालिकाको आयोजना, स्वास्थ्य कार्यालय प्युठानको समन्वय र काठमाडौं मेडिकल कलेजको प्राबिधिक सहयोगमा निशुल्क विशेषज्ञ  स्वास्थ्य शिविर सम्पन्न गरेको हो। शिविरमा जनरल मेडिसिन, मृगौला रोग,शल्यक्रिया सर्जरी ,न्युरो सर्जरी ,ल्याब सेवा ,इ सि जि ,भिडियो एक्सरे,स्त्रीरोग ,मुटु रोग,हाड जोर्नी तथा नशा,मधुमेह नाक कान घाटी आँखा बाल रोग दन्तरोग लगायतका सेवा प्रबाह भएको थियो।

शिविरमा गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षता तथा  प्रमुख अतिथि काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका ब्याबसायी तथा मोरङ क्षेत्र  न.३ का सभासद माननीय सुनिल कुमार शर्मा ,लुम्बिनी प्रदेश सभासद माननीय निमा गिरि उपाध्यक्ष महाबिर राना लगायतको उपस्थितमा गौमुखी मा.बि ठुलाबेशीमा शिविर संचालन गरिएको थियो।

जटिल प्रकृति भएका ५२ जना बिरामीलाई प्रेषिण गर्ने र उक्त बिरामीहरुको निशुल्क सर्जरी तथा उपचार गर्ने काठमाडौं मेडिकल कलेजले प्रतिबद्धता समेत जनाएका छ। शिविरबाट  ९ सय २ जना बिरामीले सेवा लिएका थिए भने काठमाडौं मेडिकल कलेजका १३ जना विशेषज्ञ डाक्टरहरुको उपस्थितमा बिरामीहरुको चेकजाँच तथा औषधि नि:शुल्क वितरण गरिएको छ।पालिकाले सेवाग्राहीको सुविधालाई मध्य नजर गर्दै पहिलो पटक धेरै विशेषज्ञ डाक्टरहरुबाट सेवा दिएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page