समय : ०९:४६ am | शनिबार , श्रावण १२ गते २०८१

प्युठान अस्पताल बिकास समिति अध्यक्षमा: केसी नियुक्त

स्वर्गद्वारी अपडेट | कार्तिक २६ गते २०८०

 प्युठान ।प्युठान अस्पताल बिकास समितिको अध्यक्षमा सुबास केसी नियुक्त भएका छन्।स्वास्थ्य मन्त्रालयको विहीबारको मन्त्री स्तरीय बैठकले केसीलाई प्युठान अस्पताल विकास समितिको अध्यक्षमा मनोनित गर्ने निणर्य गरेको हो ।

 त्यस्तै दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा दिपक शाहलाई मनोनित गरिएको छ । लुम्बिनी प्रदेशका १३ वटा अस्पताल बिकास समितिको अध्यक्षको टुंगो लगाईएको छ ।

 त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवन प्रसाद श्रेष्ठ, कपिलबस्तु अस्पतालमा शिवलाल यादव, भिम अस्पताल भैरहवामा डा. अनन्त कुमार शर्मा, पाल्पा अस्पतालमा चोपलाल गिरी, रुकुमपूर्व अस्पतालमा सुनिलकुमार रोका, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा दुलारी हरिजन, रोल्पा अस्पतालमा शेरबहादुर थापा, गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा श्याम कान्त खनाल, अर्घाखाँची अस्पतालमा लिलाधर बस्याललाई अस्पताल बिकास समितिको अध्यक्षमा मनोनित गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page