समय : ०६:२६ am | शनिबार , श्रावण १२ गते २०८१

गौमुखीमा नि:शुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न

स्वर्गद्वारी अपडेट | कार्तिक १६ गते २०८०

जोगिन्द्र मल्ल। प्युठान। गौमुखी गाउँपालिकाको आयोजनामा मानसिक अस्पताल लगनखेल काठमाडौं एवं प्युठान अस्पतालको प्राबिधिक सहयोग  तथा स्वास्थ्य कार्यालय प्युठानको समन्वयमा एक दिवसीय शिविर संचालन बिहिबार सम्पन्न भएको छ।

स्वास्थ्य शिविरमा गौमुखी गाउँपालिका भित्र रहेका विशेष गरि मानसिक बिरामी तथा अन्य बिरामीहरुको स्वास्थ्य चेकजाँच तथा परिक्षण सम्पन्न भएको  हो। स्वास्थ्य चेकजाँच तथा परिक्षणमा २ सय ३० जना बिरामीले सेवा लिएका हुन ।जस मध्ये १ सय ८ जना मानसिक रोग सम्बन्धि सामान्य बिरामीलाई चेकजाँच तथा  औषधि दिएको  र केही गम्भीर प्रकृतीका बिरामीलाई  परामर्श ,सल्लाह सुझाव दिई थप उपचारको लागि अनुरोध गरिएको  गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले बताए।

यस अघि गाउँपालिकाले २ जना मानसिक बिरामीलाई काठमाडौंमा  उपचार गराईरहेका छन। उनीहरुको स्वास्थ्य अबस्था सुधारात्मक रहेको गाउँपालिकाले बताएको छ। गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाबिर रानाको अध्यक्षतामा  भएको शिविरमा मानसिक रोग अस्पताल लगनखेलका निर्देशक तथा विशेषज्ञ डाक्टर अनन्त प्रसाद अधिकारी ,प्युठान अस्पतालमा कार्यरत मनोरोग विशेषज्ञ डाक्टर पंकज पाठक ,स्वास्थ्य चौकी पुजामा कार्यरत मे.अ डाक्टर सुप्रीम बन्जाडे लगायतले स्वास्थ्य चेकजाँच गरेका थिए।

सो शिविरमा मदाने गाउँपालिकाका बिरामीले पनि सेवा लिएका थिए।शिविरमा मनोरोगीका बिरामी अत्यधिक रहेको मानसिक रोग अस्पताल लगनखेलका निर्देशक तथा विशेषज्ञ डाक्टर अनन्त प्रसाद अधिकारीले बताएका थिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page